शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा म्याद गुज्रिएका जंग फुड

बागलुङमा म्याद गुज्रिएका जंग फुड


  • Dhorpatan News
  • साउन २९ २०७६, बुधबार

बागलुङ,२९ साउन – बागलुङ वजारका अधिकांश पसलमा म्याद गुज्रिएका जंक फुडहरु बिक्रीमा राखिएको फेला परेको छ । मंलवार बागलुङ नगरपालिका २ र ३ को शिवधारा चोकका किराना पसलहरुकोे अनुगमनका क्रममा अधिकांस पसलमा बिक्रीमा राखिएको अवस्थामा म्याद गुज्रिएका जंगफुड र पेय पदार्थ र म्याद फेला परेको छ । बागलुङ नगर अनुगमन समिति ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यलय उद्योग वाणिज्य संघ ,उपभोत्ता मञ्च तथा पत्रकारको संयुक्त टोलीले बागलुङ नगरपालिका २ र ३ को शिवधारा चोकका १४ वटा किराना पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलहरुमा अनुगमन गर्दा कोक ,फ्यान्टा,लगायतका पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा बिक्रीका लागि राखिरहेको फेला परेको थियो । विक्रि कक्षमै म्याद राखेका ,पिय पदार्थ , सुजी, वेसनको पिठो ,च्वीगम, सेन्टरफ्रुट लगातका मिठाई, कुरकुरे,लेज,विस्कुट, मसला लागएतका म्याद गुर्जेका सामान राखेको पाईएकोले तत्कालै उठाईएको नगर अनुगमन समितिका संयोजक तथा बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवोदीले वताए । बागलुङ वजारमा होलसेर विक्रिगर्ने व्यवासीले समेत म्याद गुज्रेका समान साना व्यवासयीलाई विक्रि गर्ने गरेको पाईएको छ ।
वालवालिकाले वढी रुचाउने जंक फुडहरु म्याद नाघेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिई अनुगमन टोलीले नष्ट गरेको छ । यस भन्दा पहिलेका अनुगमनमा म्याद नाघेका सामान नवेच्न अनुरोघ गरेको भएपनी अटेर गरी मानव स्वास्थयमा प्रतिकुल असर पर्ने गरी म्याद गुज्रेका समान वेच्दै आएको पाएकाले सामान जफत गरी नष्ट गरिएको हो । जफत गरिएका सामान बागलुङ नगरपालिका १ रामरेखा स्थीत डम्पीङ साईडमा नष्ट गरिएको छ । वजार अनुगनमा फेला परेका जगफुड वालवालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने खालका रहेको खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका निमित्त प्रमुख केदार पौडेलले वताउनु भयो । बागलुङ नगर अनुगमन समितिले बागलुङ वजारका पसलहरुमा हुन सक्ने मनोमानी नियन्त्रण गर्न वजार अनुगमन लाई तिव्र पारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->