शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पिकअप भ्यान र मोटरसाईकल ठोक्किँदा आचार्य घाईते

पिकअप भ्यान र मोटरसाईकल ठोक्किँदा आचार्य घाईते


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७६, बिहिबार

बागलुङ,३० साउन – जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा बिहिबार बिहान पिकअप भ्यान र मोटर साईकल ठोक्किँदा एक जना घाईते भएका छन् । कुश्मीशेरादेखि बागलुङ बजारका लागि छुटेको ध१ज ७०२ नम्बरको पिकअप भ्यानको ठक्करबाट बिपरित दिशावाट आईरहेको ध१प २५५५ नम्वरको मोटर साईकलमा सवार जैमिनी नगरपालिका १ का राजेन्द्र आचार्य घाईते भएका हुन् । उनको दाहिने खुट्टामा गम्भिर चोट लागेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार अर्जुन क्षेत्रीले बताए ।

घाईते आचार्यलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा सामन्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । ठक्कर दिने पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->