शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सहयोगी मनले दिलायो मनकुमारीको आँखामा खुसीका आँसू

सहयोगी मनले दिलायो मनकुमारीको आँखामा खुसीका आँसू


  • कौरव खत्री
  • भाद्र ५ २०७६, बिहिबार

बागलुङ, ५ भदौ – बागलुङकी एकल वृद्धाले टुकी र दियालोको भरमा ४ दशकपछि घरमा बत्ति बालेर झलमल्ल हुदा निकै खुसी भएकी छिन् ।गलकोट नगरपालिका ७ मल्म भल्साङकी ६६ बर्षीय वृद्धा मन कुमारी थापा विगत ४ दशकदेखि विभिन्न समस्यासंग पैठीजरी खेल्दै अभाव र सकसपूर्ण जिवन विताइरहेकी थिइन ।विगत ४० बर्षयता घरमा टुकी र दियालो बालेर रात कटाउदै आएकी वृद्धाले आफ्नो दैनिकी निकै कष्टपूर्ण तरिकाले जिवन चलाउदै आएको बताइन ।त्यस्तै वृद्धा थापाका श्रीमान र २ छोराको मृत्यु भएपछि झण्डै २० बर्षयता एक्लो जिवन विताइ रहेकी एकल वृद्धा थापा घर परिवारमा आफ्नो भन्ने कोही नभएपछि बेसारा जस्तै भौतारिदै हिड्ने गरेको उनले बताइन ।यतिवेला बेसाहारा जस्तै बनेकी वृद्धा थापाको लागि अहिले विभिन्न संघ संस्थाले आर्थिक देखि खाद्यान्न र पक्की शौचालय र सोलार वत्ति लगायतमा सहयोग पाएपछि आफ्नो जिवनमा खुशी र थप उत्साह थपिएको एकल वृद्धा थापाले बताइन ।साथै एकल वृद्धाको सहयोगका लागि घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ बाग्लुङ्गको जापान शाखाले नगद ३ लाख नगद आर्थिक सहयोगमा सोलार सेट,पक्की शौचालय, हिल ट्याङकी खानेपानी सहित नगद २ लाखको व्यवस्था गरेको घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ बाग्लुङ्गका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

त्यस्तै सात सय बगाले थापा समाज,जनहित कला केन्द्रले एकल वृद्धाको लागि गोठ मर्मत संम्भार लगायतमा सहयोग पु¥याएको सात सय बगाले थापा समाज गनपा ७ मल्ल बाग्लुङ्गका सचिव टोप बहादुर थापाले बताए ।साथै विहान बेलुका एक छाक टार्न निकै गाह्रो भएकी एकल वृद्धा मन कुमारी थापाको लागि छिमेकी र फुलबारी आमा समूहले खाद्यान्न लगायत आवश्यक व्यवस्था मिलाइ दिएको फुलबारी आमा समूह गनपा ७ मल्ल बाग्लुङ्गका अध्यक्ष मन कुमारी खड्काले जानकारी दिइन ।विगत लामो समयदेखि अध्यारो र टुकी दियालोले जेनतन जिवन गुजारा गदै आइरहेकी एकल मन कुमारी थापाको कुनै प्रशस्त खेतबारी नत आम्दानी न भरपर्दो आर्यश्रोत नै थियो उनको आयश्रोत भनेकै एकल वृद्धाभत्ता मात्र विभिन्न अभाव र गरिवीसँग जुध्दै बाचिरहेकी एकल वृद्धा मनकुमारी थापाको लागि वृद्धा भत्ता तथा अन्य संघ संस्थाहरुलाई सहयोगका लागि समन्वय गरेको गलकोट नगरपालिका ७ बाग्लुङ्ग वडाअध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->