शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडमा असारे बिकास अन्त्य गरिने

बडिगाडमा असारे बिकास अन्त्य गरिने


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७६, शुक्रबार

बागलुङ, ६ भदौ – असारे बिकास अन्त्य गर्ने भन्दै बडिगाड गाउँपालिकाले हिउँदमै काम सक्ने लक्ष बनाएको छ । त्यसका लागि बर्षातअघि नै मूल्यांकनको काम गर्नेगरी कार्यविधि बनाइएको हो । गाउँपालिकाले २५ बर्षे दिर्घकालिन योजना बनाएर हरेक बर्ष समयमा काम गर्ने नीतिसहित योजना पुरा गर्ने भएको हो । उक्त योजना अनुसार चालु बर्षका लागि काम समेत थालेको छ ।
यो गाउँपालिकाले आवधिक योजना पनि बनाएको छ । ती सबै योजनामार्फत गाउँपालिकालाई नमूना बनाउने लक्ष बनाएको गाउँपालिका प्रमुख मेहरसिंह पाईजाले बताए । बर्षेनी गरिने बिकास निर्माणलाई गरेझै आवधिक योजनाको पनि अनुगमन प्रणाली बिकास गर्दै जाने उनीहरुको योजना छ । ‘यस्ता योजनाले बिकासलाई दिगो बनाउन सहयोग पुग्नेछ’ पाईजाले भने, ‘सबै प्रकारका लगानीलाई गाउँपालिकामा भित्राउन पनि पहल गरिनेछ ।’ दिर्घकालिन योजना पुरा गर्न सकेमा गण्डकी प्रदेशको नमूना स्थानीय सरकार बन्न सकिने उनले दाबी गरेका छन् ।
मदिरा पिउनेले योजनाको समितिमा समेत बस्न नपाउने निर्णय गरेको यो गाउँपालिकाले गर्ने काममा दिगो बिकासका लक्ष जोडेर ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । समयमा काम गर्ने र समयमै फरफारक गर्न सबै वडातह सम्म सूचना प्रसारण भैरहेको उनले बताए । ती सबै योजना पुरा गर्न गौरवका योजना, मध्यकालिन र तत्कालिन योजनाको रुपमा सूचिकृत गरेर काम गरिएको उनले बताए । गाउँपालिकाले बर्षातमा पनि ग्रामीण सडक सहजै संचालन गर्ने बनाउन चालु बर्षका लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकामा दुईवटा मुख्य सडक रहनेछन् । ती सडक गौरवका योजनामा सूचिकृत छन् । ती योजनालाई २ करोडसम्म खर्चन सकिनेछ । वडा नं. २ को खरवाङदेखि सिसाखानी, जलजला, रणसिंकिटेनी, भीमगिठे, दर्लिङहुँदै प्युठान जोड्ने सडक र मध्यपहाडी लोकमार्ग खण्डलाई व्यवस्थित बनाउने योजना समेत छ । दुर्घटना न्युनिकरण र पहिलो नियन्त्रण गर्न गाउँपालिकाले निर्माण गर्ने हरेक सडक १२ देखि १६ प्रतिशत ग्रेड भएको मात्र बनाउने योजना छ । कुल लगानीको मापन गर्न पहिलो पटक गाउँपालिका स्तरीय योजना आयोगको गठन भएको छ । समयमा काम सम्पन्न भएका योजनालाई प्रमाणपत्र दिने, नभएकालाई तत्काल कारवाही गर्ने र बाह्रै महिना सहज यात्रा गर्न सकिने सडक बनाउने गरी काम थालिएको उनले बताए ।
गाउँपालिकाले ५० लाख बढीका योजनामा बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मात्र काम गर्ने सुवेदीले बताए । ढुंगागिटी बालुवा र अन्य खानी संचालनका लागि अनिवार्य सूचिकृत गर्नुपर्ने, फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड बनाउने योजना छ । दैबिप्रकोपमा उद्धार र नियमित सडक गस्तीका लागि १५ जना नगरप्रहरीको व्यवस्थापन गरेको छ । २५ लाखको बिपत व्यवस्थापन कोष उनीहरुको खोजी उद्धार कार्यमा लगाइने छ । चालु बर्ष पनि कृषि र पशुपालनका लागि डेढ करोड बजेटछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->