बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पत्रकार महासंघद्धारा महिला सञ्चारकर्मीलाई दर

पत्रकार महासंघद्धारा महिला सञ्चारकर्मीलाई दर


  • Dhorpatan News
  • भाद्र १३ २०७६, शुक्रबार

बागलुङ,१३ भदौ – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बिहिवार महिला पत्रकार र सञ्चारकर्मीहरुलाई हरितालिका तीजको शुभकामना सहित दर खुवाएको छ ।
नजिकिदै गरेको हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका बिभिन्न सञ्चार माध्यममा समाचार, कार्यक्रम, लेखा, बजार शाखामा कार्यरत महिला पत्रकार सञ्चारकर्मी सहभागी थिए । उनीहरुले शुभकामना आदान–प्रदान सहित नाँचगान गरेर रमाइलो गरेका थिए ।
करिब एक महिनादेखी तीजको रमझम शुरु भए पनि महिला पत्रकार÷सञ्चारकर्मी रिर्पोटिङ र कार्यक्षेत्रमा व्यस्त हुने भएकाले महासंघले बिशेष रुपमा आपसी हार्दिकता र सद्भाव आदान प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए महासंघले गत बर्ष पनि हरितालिका तीजका अवसरमा शुभकामना आदान प्रदान सहित दर खाने कार्यक्रम गरेको थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष उषा पौडेलले शुभकामना व्यक्त गर्दै तीज पर्वले महिलाहरुलाई थप सचेत, संगठित र सशक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्ने बताइन। कार्यक्रमको सञ्चालन पत्रकार महासंघका सचिव राम थापा अविरलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->