बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रक्तदानमा ६० यूनिट रगत संकलन

रक्तदानमा ६० यूनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७६, शनिबार

पोखरा,१८ साउन- लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको छ ।
कार्यक्रममा लयान्स क्लव अन्र्तगतको रक्तदान विभागका प्रमुख शैलेन्द्र मोहन भट्टराईले पहिलो रत्तदाता कृष्ण पौडेललाई ब्लड व्याग हस्तान्त्रण गरि कार्यक्रमको सुरुवात गरे ।
उनले यसरी समय समयमा आयोजना गरिने रक्तदान कार्यक्रमले रगतको अभावमा अस्पतालको शैया छट्पटाई रहेका विरामीहरुका लागि राहत पुग्ने बताए ।
कार्यक्रममा कमिटि को चियरपर्सन रजनी कोइराला, जोन चेयर पर्सन रामजी घजु, रिजन चेयर पर्सन दुर्गा कुमारी आचार्य, कमिटि चेयर पर्सन जीत बहादुर थापा, डिपार्टमेन्ट अफिसर सन्तोष घिमिरे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा नं ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुबेदी, खानेपानी उपभोत्ता समिति वडा नं १७ का संयोजक कृष्ण पौडेल, घारीकुलो टोल विकास संस्थाका अध्यक्ष विजय आचार्य ,घारीकुलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ढाकाराम ढकाल, क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराका प्राविधीक माधव पोखरेल लगायतले रक्तदानको महत्वका बारेमा प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेखादेवी पोखरेल र सञ्चालन सह–सचिव लक्ष्मी बराल आचार्यले गरेको कार्यक्रम संयोजक गिता पराजुलीले जानकरी दिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->