बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मेलोडी नयाँ व्यवस्थापनमा

मेलोडी नयाँ व्यवस्थापनमा


  • Dhorpatan News
  • साउन १८ २०७६, शनिबार

पोखरा, १८ साउन- मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्ण रुपमा सञ्चालनमा आउने संचालकले बताएका छन । शनिबार पोखरामा क्याफेका बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा क्याफेका अध्यक्ष सुरेश पहारीले बदलिंदो समय, ग्राहकको रोजाइमा देखिएको परिवर्तनलाई मध्यनजर गर्दै मेलोडी क्याफे एण्ड लाउञ्ज बारलाई परिमार्जन गरि सञ्चालनमा ल्याउन लागेको बताए ।
१ करोड रुपैयाको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीहरुको लगानी रहेको छ । यसअघि मेलोडी क्याफेकै संस्थापक सदस्य रहेका गायक विनोद वानिया, होटल व्यवसायी तथा चलचित्र निर्माता सुरेश पहारी र फ्रेञ्चाइजी रेष्टुरेण्ट बाजेको सेकुवा पोखराका सञ्चालक एकराज गिरीको क्याफेमा लगानी रहेको छ ।
‘विशेषगरि पोखराको केन्द्र मानिने चिप्लेढुङ्गा महेन्द्रपुल क्षेत्रमा यस व्यवसायमा देखिएको सुस्ततालाई जगाउने गरि हामीले क्याफेको सञ्चालन गरेका छौ’ क्याफेका सञ्चालक एकराज गिरीले भने ‘हामीलाई विश्वास छ हामी ग्राहकको मन जित्न सक्षम हुनेछौं ।’ विगतमा साँझ मात्रै गजल रेष्टुरेण्टका रुपमा सञ्चालित क्याफे अब विहानको बे्रकफास्टबाटै खुल्ला रहने छ । नयाँ व्यवस्थापन आएपछि क्याफे विहानको ब्रेकफास्ट तथा दिँउसोको खाजाका लागि पनि खुल्ला रहने क्याफेका सञ्चालक गायक विनोद बानियाले जानकारी दिए ।
क्याफेको शुभारम्भको अवसरमा हरेक साँझ ख्याती प्राप्त कलाकारहरुका साथ लाइभ म्युजिक रहने छ । दैनिक सांगितिक कार्यक्रमका लागि संगीतमार्फत पोखरालाई चिनाउन सफल गायक विनोद वानिया, इतु जोजिजु लगायतका कलाकारको प्रस्तुती रहने छ । क्याफेले कार्यलय र काममा व्यस्त रहने ग्राहकलाई मध्य नजर गरी मेलोडी नाइन्टी नाइन स्किम पनि ल्याएको छ । जसमा खाजाको प्याकेज जम्मा रुपैया ९९ मा उपलब्ध हुने क्याफेका सञ्चालक एकराज गिरी ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->