बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मनिप्लान्टको प्रारम्भिक साधारण सभा

मनिप्लान्टको प्रारम्भिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७६, आइतबार

हेमजा, १९ साउन, मनिप्लान्ट बचत तथा ऋृण सहकारी सस्था लि. पोखरा २५ हेमजाको प्रारम्भिक साधारण सभा तथा प्रथम बार्षिक प्रतिबेदन शनिबार सम्पन्न भएको छ ।सभाले शिबराम थापाको अध्यक्षतामा ३ बर्षका लागि नौ सदसिय कार्यसमिति सर्बसमत चयन भएका छन । उपाध्यक्षमा चन्द्रा भण्डारी, सचिबमा प्रेम ब. कार्की,कोषाध्यक्षमा हिक्मत ब. थापा चयन भएका छन । त्यस्तै अन्य सदस्यहरुमा गगां ब. थापा, रबिन्द्र ब. कार्की, बिन्दु के.सी., नानु मायाँ भट्टराई र कृष्ण ब. थापा चयन भएका छन । त्यसैगरि लेखा समितिको संयोजकमा धन ब. के.सी. सदस्य करुणा सापकोटा पौडेल र एक ब. कुवंर भयन भएका छन ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समुनय समितिका अध्यक्ष तेजनारायण अधिकारीले कास्की जिल्ला र पोखरा महानगरमा भएका सहकारीको तथ्याङ पस्तुत गर्दै एउटा सहकारी दर्ता गर्दा कम्तिमा ५ हजार जनसंस्य भएको ठाउँमा एक सहकारी हुनुपर्ने बताए ।कार्यक्रममा बिशेष अतिथि नेपाल राष्ट्र बैकं लि. बगरका प्रमुख दिलिपराज थापाले सहकारीलाई सफल्ताको शुभकामना दिदै नेपालमा सहकारी धेरै भएको र अब सहकारी बिच मर्च गर्न आवस्यक भएको उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का वढा सदस्य जित ब. कार्की र सेयर सदस्य धन ब. के.सी लगाएतले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । उक्त अबसरमा सेयर सदस्यलाई सेयर धनि प्रमाण पत्र बितरण गरिएको थियो ।कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष क्मित ब. थापाले र सचिबको प्रतिबेदन सचिब प्रेम ब. कार्कीले प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->