आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकामा बन्दुक आक्रमणः २० को मृत्यु, २६ घाइते

अमेरिकामा बन्दुक आक्रमणः २० को मृत्यु, २६ घाइते


  • Dhorpatan News
  • साउन १९ २०७६, आइतबार

टेक्सस,१९ साउन -संयूक्त अधिराज्य अमेरिकाको टेक्सस राज्य स्थित अल पासो स्थित एक सपिङ् कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु भएको छ।घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन्।घटनामा संलग्न भएको भन्दै त्यहाँको प्रहरीले एक २१ वर्षिय संदिग्ध स्वेत पुरूषलाई नियन्त्रणमा लिएको छ। ती बन्दुकधारीले एके-४७ राइफलबाट वालसस्ट्रिटको सपिङ कम्प्लेक्स प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गरेका थिए।आक्रमणकारी २१ वर्षिय प्याट्रिक क्रुसियस भएको टेक्सस प्रहरीले जनाएको छ। आक्रमणपछि ती बन्दुकधारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।सो आक्रमण त्यहाँको स्थानिय समय अनुसार ११ बज्न केहि मिनेट अगाडि भएको बताइएको छ। सो स्थान स्थानियमाझ चर्चित क्षेत्र हो र त्यहाँ सपिङ सेन्टरसँगै रेष्टुरेन्टहरू समेत रहेकाले सप्ताहन्तमा मानिसहरूको भीडभाड हुने गर्दछ।

 

Image result for El Paso Shooting: 20 People Are Dead in Massacre at Walmart

आक्रमण हुँदा त्यहाँ मानिसहरूको बाक्लो उपस्थिति थियो। अमेरिकाको संघिय जाँच ब्यूरो (एफबिआई)ले घटनाको जाँच गरिरहेको छ।आक्रमणकारी क्रुसियसले शुक्रबार नै सामाजिक संजालमा यस्तो घटना घटाउने चेतावनी दिएको भेट्टाएको छ। प्रारम्भिक अनुसन्धानमा यो जातिवादी आक्रमण भएको अनुमान गरिएको छ, यध्यपी यसबारेमा जाँच चलिरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->