पोखरा,२० साउन- फेवा डान्सिङ एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ अन्तर्गत दोश्रो चरणको अडिसन सम्पन्न भएको छ । दोश्रो चरणको अडिसनबाट विभिन्न जिल्लाका ३२ प्रतिस्पर्धी छनौट भएका छन् ।
‘बचाऔं हाम्रो मौलिक लोक संस्कृति, हटाऔं पाश्चात्य पश्चिमी विकृति’ भन्ने नाराका साथ सञ्चालित उक्त ट्यालेण्ट क्वेष्टको पहिलो चरणमा १६ जना छनौट भएका थिए । अडिसन दिनका लागि म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा लमजुङ, कास्की लगायतका जिल्लाहरुबाट ६० जना प्रतिस्पर्धीहरु सहभागि थिए ।
प्रतिस्पर्धीहरुबाट दोश्रो चरणमा आकांक्षा गुरुङ, सरु परियार, विपना विक, पुष्पा नेपाली, माधवी आचार्य, विपना रायमाझी, निशा परियार, रविना अधिकारी, अञ्जन बराल, खुसी गुरुङ, दुर्गा सुनार, राज परियार, रिमा सुनार, स्वेता सुवेदी, दिब्या गुरुङ, सविना अधिकारी, एञ्जल रायमाझि, कुसुम गुरुङ्ग, धनराज श्रेष्ठ, साजन सुनुवार, एनी गुरुङ, प्रिति कार्की, समृद्धी श्रेष्ठ र महिमा दर्नाल छनौट भएका छन् । त्यसैगरि राजन तामाङ, श्रृष्टी राई, एलिशा गुरुङ, रितिसा श्रेष्ठ, रिहाना बास्तोला, जलन गुरुङ्ग र पवित्रा मगर पनि दोश्रो चरण पार गर्न सफल भएको कार्यक्रमका संयोजक हरि रम्तेलले जनाए ।
एचआरफ्रेमिङ र पिएम प्रिण्टिङ अफसेट प्रेसको सहयोग तथा निश्चल डान्स एकेडेमीको सहकार्यमा जारी प्रतियोगिता अन्तर्गत डान्सिङतर्फ प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमश ः नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेजलगायतका पुरस्कार प्राप्त गर्ने व्यवस्थापक प्रविन मगरले जानकारी दिए । आगामी २५ गते शनिबार तेश्रो अडिशनसंगै दोश्रो चरणको कार्यक्रम शुरु गरिने मगरले बताए ।





