बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटनमा, महिलाको योगदान गौंड बन्यो – मन्त्री पुन

पर्यटनमा, महिलाको योगदान गौंड बन्यो – मन्त्री पुन


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७६, बिहिबार

पोखरा, २३ साउन – पर्यटन क्षेत्रको विकासकालागि आतिथ्यता सत्कारसँगै पुर्वाधार विकासमा जोड दिनु पर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छिन् ।महिला पर्यटन व्यवसायी मञ्चको वार्षिक साधारण सभामा बोल्दै मन्त्री पुनले पर्यटकको अधिकारलाई हनन हुनेगरी बसपार्कमा पुगेर पर्यटकको हात समाएर तान्ने संस्कार तोड्नु पर्ने बताईन । उनले पर्यटन क्षेत्रको विकासकालागि संस्कारयुक्त आतिथ्यताको जरुरी औल्याउदै, पर्यटन क्षेत्रमा महिलाको योगदान अतुलनीय रहेको तर आर्थिक रुपान्तरणसँग नजोडिएको हुनाले महिलाको योगदान गौण बनिरहेको खुलासा गरिन ।उनले महिलालाई आर्थिक सशक्तिकरण गराउन शिक्षा र तालिम आवश्यक रहेको बताईन् । ‘सामाजिक विकास मन्त्रालयले दक्ष जनशक्ती निर्माणका लागि ५ करोड बजेटबाट सीप मुलक तालिम प्रदान गरिरहेको छ । ’ मन्त्री पुनले भनिन् ।गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पोखरा भन्दा पहिला लेकसाइड चिनेर पर्यटक आउने भएकाले पर्यटन मैत्री नीति आवश्यक रहेको बताए । फेवाताल विश्वको १३ औ सुन्दर ताल रहेकाले यसको सौन्दर्यलाई जोगाउनु सबै पर्यटनव्यवसायीको कर्तब्य भएको उनको भनाई थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पर्यटन क्षेत्रको विकासमा नीजि क्षेत्र र सकारको सहकार्य भए पर्यटनबाट छिटटै आर्थिक समृद्धि हासिल हुने बताए ।पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले लेकसाइड शान्ति सुरक्षा सहित आवश्यक पुर्वाधार खडा गरी २४ सै घण्टा खुलाउनु पर्नेमा जोड दिए । पर्यटन विज्ञ बासु त्रिपाठीले पर्यटन विकासकोलागि अब नयाँ सोचकासाथ वृहत अध्ययन गरी अगाडी बढ्नु पर्ने बताए ।

पर्यटन वर्ष २०२० कनीजी क्षेत्रकाा नसंयोजक अग्नि कँडेलले स्वर्ग जस्तो पोखरा प्रति राज्यले चासो नदिँदा यसलाई अन्तराष्ट्रिय बजारमा प्रचार गर्न नसकिएको बताए ।पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं ६ लेकसाइडका अध्यक्ष जगत पहारी, मितेरी आमा समुहका अध्यक्ष मिरा पौडेल, संस्थाका सल्लाहकार पम्फा पहारी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराइ लगायतले पर्यटन लेकसाइडलाई विवादित बनाएर होइन साझा समस्यामा समाधान खोजेर दीर्घकालिन योजनाकासाथ अघि बढ्न सुझाव दिएका थिए ।सो कार्यक्रमा महिला पर्यटन व्यवसायी विष्णु गुरुङ एकताको सम्पादनमा प्रकाशित “साहासी महिला” पुस्तकको मन्त्री पुनले विमोचन गर्नुभएको थियो । हरेक क्षेत्रमा रहेका महिलाको योगदानलाई लिपिवद्ध गर्ने सके महिलाको कामको मुल्यांकन हुने सम्पादक गुरुङले बताईन् ।संस्थाका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रको विकास र महिलाको व्यवसायिक पहिचानकालागि पहल गर्दै संस्थाले विभिन्न क्षमता विकास र प्रर्वद्धनात्मक कार्य गर्दै आइरहेको जानकारी दिईन् । संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले लामो संघर्ष पछि महिला पर्यटनक्षेत्रमा एकवद्ध भएर अघि बढ्दै गएको धारणा राखिन् । सो अवसरमा सचिव उमा सुवेदीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->