बागलुङ,२३ साउन -पर्यटन प्रवर्धन कार्यक्रम संचालन गर्ने बरेङ गाँउपालिकामा पर्यटन उपसमिति गठन गरिएको छ । गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको संयोजकत्वमा ९ सदस्यीय पर्यटन उपसमिति गठन गरिएको हो । बागलुङ जिल्ला पर्यटन बोर्ड बागलुङको सन २०१९ देखी २०२२ को पर्यटन प्रवर्धन कार्यक्रम संचालन गर्ने उदेश्यले बिहिबार उपसमिती गठन गरिएको छ ।
समितिको सदस्यहरुमा उपाध्यक्ष डिलकुमारी पुन, वडा न १ अध्यक्ष नरसिंह पुन, वडा न ४ का अध्यक्ष लिल बहादुर खत्री, ५ वडा अध्यक्ष अमर बहादुर शेरपुर्जा, सिग्दी होम–स्टेका अध्यक्ष हिरा बहादुर पुन, साग्दी सत्यवतिका सचिव हर्क बहादुर बुढाथोकी, सदस्य होटल व्यवसायी दुर्गा कार्की थापा क्षेत्री र सदस्य सचिवमा बरेङ गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठ पौडेल रहेका छन ।समितिले आन्तरिक तथा बाह्य पर्यटक भित्राउने बिभिन्न कार्यक्रम सन्चालन गर्ने अध्यक्ष शर्माले बताए । समिति गठन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको विशेष उपस्थिती रहेको थियो ।





