बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सडक डिभिजन पोखराका हाकिम र इञ्जिनियर ९ लाख घुससहित पक्राउ

सडक डिभिजन पोखराका हाकिम र इञ्जिनियर ९ लाख घुससहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७६, बिहिबार

पोखरा,२३ साउन –  डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख घुससहित पक्राउ गरेका छन् ।अख्तियार टोलीले साँझ कार्यालयका प्रमुख तथा इन्जिनियरलाई पक्राउ गरेको प्रुष्टी गरेको हो ।
साँझ उनीहरुलाई कार्यालय प्रमुख हरिकुमार पोखरेलकै निवासबाट ९ लाख रुपैयाँसहित पक्राउ गरिएको हो । अख्तियारको टोलीले कार्यालय प्रमुखसहित पवित्रमणि पौडेललाई पनि पक्राउ गरेको छ ।
बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरिप्रसादको निवासमा जाने क्रममा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ऋषि आचार्यले झोलामा लगेको पैसा कार्यालय प्रमुख पोखरेलका भान्छेलाई दिन लागेको बेला उनीहरु पक्राउ परेका हुन् । बाटोको ठेक्का दिँदा कार्यालय प्रमुखसहित आर्थिक प्रलोभनमा परी रकम लेनदेन भएको अख्तियारको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->