शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तुरतुरे ताल फुटेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन काम सुरु

तुरतुरे ताल फुटेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन काम सुरु


  • सुमन सुनार
  • साउन २४ २०७६, शुक्रबार

बुर्तिबाङ,२४ साउन – तुरतुरे ताल फुटेर गएको बाढीले गत सोमबार देखि अवरुद्ध भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग खुलाउनका लागि आज देखि पुनः नियमित काम सुचारु हुने भएको छ ।
विगत ४ दिन देखि अवरुद्ध सडक खुलाउने काम बुधबार देखि सुरु गरिए पनि निर्माणको दायित्व पुष्पलाल (मध्यपहाडी) लोकमार्ग वा स्थानिय सरकार कसले लिने भन्ने विषय टुंगो नलाग्दा काम रोकिएको थियो । विहिबार पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय कुस्मा पर्वतका प्रमुख आशिष थापाको विशेष उपस्थितिमा ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपाली सहित अन्य जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानिय समाजसेवी बुद्धिजीविहरुको विशेष छलफलले शुक्रबार अर्थात आज देखि बाटो खुलाउने काम सुचारु गर्ने निस्कर्ष निकालेको हो । ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयमा उक्त छलफल भएको थियो ।
सो छलफल पछि बोल्दै मध्यपहाडी लोकमार्ग योजना कार्यालय कुस्मा पर्वतका प्रमुख थापाले अवरुद्ध बाटो जतिसक्दो छिटो खुलाउने प्रसाय भैरहेको बताए । बाटो खुलाउने जिम्मेबारी पाएको कम्पनीसंग भएको समझदारी र कम्पनीले गरेको प्रतिबद्धता अनुसार काम भए यहि भाद्र ५ गते भित्र अवरुद्ध बाटो खुल्ने उनले बताए । बाटो अवरुद्ध भएपछि बाटो खुलाउनका लागि ईन्जीनियरहरु सहित फिल्ड कमाण्ड टोली निरन्तर खटिए पनि आफ्नै उपस्थितिमा थप सहजीकरण गर्नुपर्छ भन्ने उद्धेश्यले आफु स्थलगत रुपमै उपस्थित भएको थापाले बताए।
यस्तै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले यस क्षेत्रको जनताको समस्यालाई मध्यनजर गर्दै जतिसक्दो छिटो अवरुद्ध बाटो खुलाउन निर्देशन दिएको र जनताले छिटो भन्दा छिटो राहत सुविधा पाउने बताए। भाद्र ५ गते भित्र बाटो खुलाउने प्रतिबद्धता जनाएको कम्पनीले समयमै काम सक्ने अपेक्षा गरेको नगर प्रमुख नेपालीले बताए ।
बाटो खुलाउने जिम्मा भने एसी कन्ट्रक्सन बुर्तिबाङलाई दिइएको छ । १० दिन भित्र बाटो खुलाउने काम सक्ने लक्ष रहेको एसी कन्ट्रक्सन बुर्तिबाङका प्रमुख दिपक अदैले जानकारी दिए ।
गत २०७५ भाद्र ३० गते ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरे देउरालीमा गएको भिषण पहिरोले बडिगाड खोला थुनिदा करिब एक सय मिटर गहिरो र एक किलोमिटरभन्दा लामो ताल बनेको थियो । उक्त तुरतुरे ताल फुटेसँगै सोमबार लोकमार्गको करिब दुई सय मिटर सडक बगाएको थियो । सडक अवरुद्धपछि बुर्तिवाङबाट बाग्लुङ, पोखरा, काठमाडौं, पाल्पा, बुटवल लगायतका स्थानमा छुट्ने सवारीसाधन बुर्तिवाङमै रोकिएका छन्  भने ति ठाउँबाट बुर्तिबाङ आउने सवारीसाधन बडिगाड गाउँपालिकाको भीमगिठेमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->