शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महेन्द्रपुलमा गाइजात्रा महोत्सव

महेन्द्रपुलमा गाइजात्रा महोत्सव


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७६, आइतबार

पोखरा, २६ साउन –  नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ हुने भएको छ । साउन ३१ र ३२ गते महेन्द्रपुलमा दुई दिन महोत्सव हुन लागेको हो ।
तायः मचा प्रतियोगितामा आयोजक सहित ३० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक मानकाजी माकाजुले जानकारी दिए । यो पटक ६ वटा महिला टोली पनि प्रतियोगितमा सहभागिता जनाउने भएको छ । दुइ दिन सम्म चल्ने महोत्सवमा चेतनामुलक मुलक फेसन सो, लाईभ ब्याण्ड मार्फत सांगितिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातीका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहने संयोजक मानकाजीले बताए ।
प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितमा प्रथम हुनेले नगद ३० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितिय हुनेले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र, तृतीयल नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सान्त्वनाले नगद रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट ख्याली, बाद्यबादक, उत्कृष्ट परि र उत्कृष्ट जोक्करले रु २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागि हुने महिला टोलीहरु मध्ये प्रोत्साहन स्वरुप एक टोलीलाई उत्कृष्ट घोषणा गरी रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जसरी तीज पर्व सबैको भयो यसै गरि गाइजात्रा पर्व पनि सवैको भएको बताए । परम्परादेखि चल्दै आएको संस्कृतिलाई बचाउनका लागि महोत्सवको आवश्यकता परेको उनको भनाइ थियो । नेवाः खल कास्कीले २०५४ साल देखि व्यवस्थित रुपमा तायःमचा नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । साँघुमुख टोल विकास संस्थाका अध्यक्ष ओमलाल बड्गामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तायमचा समितीका सचिव विकल साईले गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रुपाकोट सुन चाँदी दुकान रहेको छ । महोत्सवलाई सम्पन्न गर्नका लागि मानकाजी माकाजुको संयोजकत्वमा विभिन्न उपसमिती बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->