बागलुङ,२६ साउन – जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पत्तिको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीय श्रीमती बिमा कामीको शनिवार राती अपरिचत व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई आइतवार बिहान मृत भेटेपछी स्थानियले प्रहरीलाई खवर गरेका थिए । भानबहादुरको शव घर नजिकै मकै बारिमा र बिमाको शव घर भित्रै रक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख रिणबहादुर बैदावारले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै बुर्तिबाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको शनिरका भिन्न भागमा रहेका चोट हेर्दा स्थानिय हतियार बञ्चरो प्रयोग भउको हुनसक्ने प्रहरी प्रमुख बैदावारले बताए । ढोरपाटन नगरपालिकाकै वडा नं –९ नवीगाउँ र बोबाङमा उनिहरु घुम्ती बसाई गर्दै आएका थिए । मृतक विकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका बताइएको छ ।





