बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बागलुङ बजार अनुगम,ठुलो परिणाममा म्याद नाघेका सामग्री भेटिए

बागलुङ बजार अनुगम,ठुलो परिणाममा म्याद नाघेका सामग्री भेटिए


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७६, सोमबार

बागलुङ,२७ साउन –  बागलुङ बजार अनुगमनका क्रममा पसलमा ठुलो परिणाममा म्याद नाघेका सामग्री भेटिएका छन् । बागलुङ वजारको पुरानो वसपार्क तथा ट्राफिक चोक क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो ।बागलुङ नगर अनुगमन समितिका संयोजक तथा बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीको नेतृत्वमा १२ खाद्यान्न पसलमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चक्लेट , भुजिया, कुरकुरे पिय पदार्थ लगायतका खाद्यान्न भेटिएका थिए ।
सय अधि म्याद नाघेका सामान संकलन गरेर डिलरलाई फिर्ता गर्न वा व्यवसायी लाईनै नष्ट आग्रह गरेको समितिले यस पटक भने जफत गरेको छ । अनुगमनको क्रममा मूल्यसूचि अद्यावधि गरेर राख्न समेत निर्देशन दिएको छ ।
आईतवार जफत गरिएको म्याद गुर्जेका समान मालुढुङगा स्थीत डम्पीङसाईड नजिकै लगेर नष्ठ गरिएको छ । बागलुङ नगर अनुगमन समिति ,जिल्ला प्रशासन ,जिल्ला प्रहरी कार्यलय ,खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय,उपभोत्ता मञ्च, उद्योग वाणिज्य संघ तथा पत्रकारको उपस्थीतिमा गरिएको अनुगमनको क्रममा भेटिएका म्याद गर्जेका रामाग्री नष्ठ गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->