आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हङकङ प्रदर्शनः झण्डै १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार

हङकङ प्रदर्शनः झण्डै १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार


  • Dhorpatan News
  • भाद्र १६ २०७६, सोमबार

हङकङमा नयाँ शैक्षिक वर्षकाे पहिलो दिन माध्यमिक विद्यालय र विश्वविद्यालयका हजारौँ  विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् । कक्षा बहिष्कारमा २०० विद्यालयका १० हजार माध्यमिक विद्यार्थीहरुले भाग लिएको आयोजकहरुले अनुमान गरेका छन् । सामान्य दुई दिवसीय हडताल र ठूलो र्‍यालीको आह्वान गरिएकै दिन छात्रहरुले यस्तो ‘एक्शन’ लिएका हुन् ।
यही हप्ताको अन्तिममा भएका विरोध प्रदर्शनमा प्रदर्शनकारीहरु र प्रहरीबीच भएको संघर्षलाई हप्ताकै सबैभन्दा खराब हिंसाका रुपमा लिइएको थियो । गएको शनिबार प्रदर्शनकारीहरुले शहरको संसद भवनमा पेट्रोल बम प्रहारसँगै आगो पनि लगाएका थिए र भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा प्रहार गरेकाे थियाे ।हङकङ आफ्नो प्रदर्शनको १४ औँ हप्तामा प्रवेश गर्दैछ । अपराध गरेर हङकङ भाग्नेलाई मुद्दा चलाउनका लागि चीन पठाउने भन्ने ‘सुपुर्दगी’ कानुनको विरोधस्वरुप प्रदर्शन सुरु भएको थियो । सोमबार बिहानै प्रदर्शनकारीहरुले विभिन्न स्टेशनहरुमा रेल सेवाहरु अवरुद्ध गर्दा स्टेशनमा यात्रुहरुको ठूलो भिड लागेको थियो । तर पछि रेल सेवा फेरि सुरु गरिएको थियो । त्यसपछि माध्यमिक विद्यालयका छात्रहरु शहरको मध्य जिल्लामा रहेको एडिनबर्ग प्लेसमा एकत्रित भएका थिए । ‘म कुनै पनि अनुशासनात्मक परिणाम लिनको लागि तयार छुँ’, शाम शुई पो जिल्लामा रहेको एक कलेजका छात्र हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टलाई बताए ।

Mary Hui

View image on Twitter
 एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->