शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई संविधान उपहार !

पत्रकार रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई संविधान उपहार !

ज्ञापन पत्रमा आस्थाको आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७६, बुधबार

बागलुङ, १८ भदौ – पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्रीलाई नेपालको संविधान उपहार पठाएको छ । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले भने, ‘अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकविरुद्धको ज्यादती भएकोले विरोधमा उत्रिनु परेको हो ।’ प्रधानमन्त्रीलाई संविधान उपहार सांकेतिक विरोध भएको उनले बताए ।
सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले उनलाई पुन पक्राउ गरेपछि त्यसको विरोधमा बुधबार बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारी लुकबहादु क्षेत्री मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई संविधान उपहार र ज्ञापन पत्र पठाएको शाखाले जनाएको छ । ज्ञापन पत्रमा अदालत परिसरबाटै पुन पक्राउ परेका पत्रकार हमालको विना सर्त रिहाईको माग गरिएको छ।
गण्डकी प्रदेशका सबै शाखा मार्फत बुझाइएको ज्ञापन पत्रमा आस्थाको आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ । ‘लामो समयदेखि क्रियाशिल र मुलधारको पत्रकरिता गरिरहेका व्यक्तिलाई एउटा विचार र आस्थाको आधारमा पक्राउ गर्नु उचित होइन,’ महासंघ बागलुङका अध्यक्ष शिरिषले भने । पत्रकार हमाल जनसञ्चार अनलाईनका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->