बागलुङ,१९ भदौ- छतबाट खसेर बागलुङ बजारका एक बालक गम्भिर घाईते भएका छन् । निर्माणाधिन ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालयको भवनको तेस्रो तलाको छतबाट खसेर काठेखोला गाउँपालिका २ भिमापोखरा घर भई हल्लनचोक डेरा गरी बस्ने भरत यादवको १३ बर्षिय छोरा सुशिल घाईते भएका हुन् ।
छतमा खेल्दै गर्दा उनी बिजुलीको तारमा परेका थिए । उनी खस्दा त्यहाँ स्थित बिजुलीको नांगो तारमा परेको स्थानीयले देखेका थिए । उनको धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा लगिएको छ । करेन्टले हातमा र लडेपछि टाउको र खुट्टामा गम्भिर चोट लागेको प्रहरी नायव उपरिक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । उक्त निर्माणाधिन घरको छतबाट हातैले छुन मिल्ने स्थानमा बागलुङ बजारमा बितरणग गरिएको बिजुलीको मेन लाईन रहेको छ ।





