शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समन्वय अभावमा बजेट परिचालनमा समस्या

समन्वय अभावमा बजेट परिचालनमा समस्या


  • Dhorpatan News
  • भाद्र २० २०७६, शुक्रबार

बागलुङ,२० भदौ –  संघिय र प्रदेश सरकारबाट बिनियोजन भएका बजेटबाट काम सम्पन्न गर्ने काममा स्थानीय उपभोक्ताले सास्ती खेप्ने गरेका छन् । दुइ बर्षदेखि बिकास निर्माणमा आउने तीनथरी बजेटलाई सही सदुपयोग गर्न नसक्दा बिकास निर्माणका काम प्रभावित समेत भएका छन् ।

संघिय र प्रदेश सरकारबाट आएको बजेटको योजनालाई पनि स्टिमेट गरिदिने काम स्थानीय तहको भएकोले धेरै काम बजेट नहेरेको, स्टिमेटमा आलटाल गरेको जस्ता कारणले काम अलपत्र परेको भेटिएको हो । ‘गत बर्ष संघिय सरकारले १७ लाख रुपैया“ बिनियोजन गरेको थियो, उक्त कामको स्टिमेट समेत भएन’ बानपा १० का पूर्व सांसद नरबहादुर थापाले भने, ‘बहुलाहाखोलामा पुल बनाउने बजेट आएको स्टिमेट नभएकै कारण फिर्ता भयो ।’ यो खोला बागलुङ नगरपालिकाको वडा नं. ९ तित्याङ र वडा नं. १० भकुण्डेको सिमानामा पर्छ ।

नगरपालिकाको लेखा र योजना शाखाको समन्वय अभावले उक्त बजेटको खोजी हुन नसकेको थापाले गुनासो गरे । आएकै बजेट परिचालन गरेर काम गर्न नसकेको भन्दै जनप्रतिनिधिले चासो बढाउनु पर्ने सुझाव दिए । थापाका अनुसार यो बर्षका लागि पनि यो पुल बनाउने बजेट आएको छ । ३६ लाख बजेट बिनियोजन भएपनि अझै स्टिमेटको तयारी नभएको उनले गुनासो गरे । प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कु“वरले आन्तरिक लेखापरीक्षण र महालेखाको टीम आएकोले लेखा शाखा व्यस्त भएको बताए । रकमको खोजी गरेर ठेक्काको काम थाल्ने उनले आश्वासन दिएका छन् ।

गत बर्ष बागलुङका बिभिन्न स्थानीय तह, प्रदेश सरकार र जनप्रतिनिधिको समन्वय अभावमा ६ वटा पुल बनाउने काम अलपत्र परेको काठेखोला गाउँपालिका ७ का अध्यक्ष प्रेम लामिछानेले बताए । पुल बनाउने कामको प्रारम्भिक चरणकै काम समेत नभएको हो । लागत स्टिमेट र ठेकेदारहरुको लापरवाहीले काम रोकिएको प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले बताए । यो बर्षका लागि भने २ वटा पुलको स्टिमेट भएर ठेक्का लागेको छ । अरुमा अझै काम बाँकी छ । चालु बर्षका लागि काठेखोला गाउ“पालिकाको बिहु“देखि रेश जाने भु“दीखोला र बिहु“देखिनै भीमापोखरा जोड्ने काठेखोला पुलका लागि ठेक्का गएको छ । भीमापोखरा देखि तंग्राम जोड्ने डु“डिया खोला र पाला देखि सिगाना जोड्ने चनौटे घाटमा भने अझै ठेक्का भएको छैन । ठूलो रकमका काममा प्रकृयामा भन्दै कर्मचारी संयन्त्रले ढीलाई गरेको लामिछानेले बताए ।

काम थालिएपछि क्रमागत बजेट मार्फत काम गर्न सकिन्छ । तर पटक पटक दवाव र फलोअप हुनुपर्ने गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘एक बर्ष बजेट आयो भनेर ढुक्क हुने अबस्था छैन’ थापाले भने, ‘हरेक बर्ष बजेटकालागि लड्नुपर्ने बाध्यता छ ।’ गत बर्ष ठूलो पहिरो खसेर एक महिना अवरुद्ध भएको लेखानी कादेश सडक मर्मतका लागि प्रदेशको बजेट आस गर्दा नआएपछि स्थानीय तहबाट काम गरिएको वडा अध्यक्ष चित्रकला छन्त्यालले बताईन् । ‘पक्की पुल बनाउने र नियमित सवारी चलाउने भनेका हौं, बजेटकै समस्या छ’ छन्त्यालले भनिन्, ‘पक्की पुल अभावमा यात्रा कठिन भएको छ ।’ कादेशबाट दैनिक एकसय बिद्यार्थी लेखानी पढ्न आउ“छन् । गत बर्ष बगेको पुल मर्मत गरेर आउजाउ गरिन्छ । पक्की पुल अभावमा बर्षातमा जिपले पनि जोखिमको यात्रा गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->