शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दुवै मृगौला पीडित तुले दमैलाई उपचारकोलागि आर्थिक अभाव

दुवै मृगौला पीडित तुले दमैलाई उपचारकोलागि आर्थिक अभाव


  • केशबराज क्षेत्री
  • भाद्र २४ २०७६, मंगलबार

हुग्दिशिर,२४ भदौ- बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर डाडाथोक घर भएका तिलबहादुर दमैका छोरा ५२ वर्षीय तुले दमैका दुवै मृगौला खराब भएपछि आर्थिक सङ्कटमा परेका छन् ।विगत १ वर्षदेखि पोखराको गण्डकी हष्पिटलमा उपचार गराउँदै आईरहेको श्रीमती बिजुला परियारले बताइन् । गरिब विपन्न परिवारका व्यक्ति भएकोले उपचारका लागि आर्थिक अभाव भएको हुँदा सहयोगको लागि परियारले अनुरोध गरेकी छन् ।विगतमा भारतमा समेत रोजगारीका लागि झन्डै २० वर्ष बिताएका मृगौला पीडित दमै पछिल्लो समय घरमै कृषि काम गर्दै परिवार चलाइरहेका थिए । ४ छोरा र एक श्रीमती रहेका दमैको शरिरमा एक्कासी समस्या आएपछि चेकजाँच गर्दा दुवै मृगौलामा समस्या देखिएको बताएका छन् । उनका छोरा सुनिल परियारको प्रभु बैँकको खाता नम्बर १७०१०७०१३१२१७८०००००१ मा अथवा फोन नम्बर ९८६४२४८६२३ मा फोन गरेर पनि सहयोग रकम हस्तारण गर्न सकिने मृगौला पीडितको परिवारले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->