पोखरा,२७ भदौ – तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आउँदो शनिबार पोखरामा ‘स–फुँ–क्ह्याल्स सांस्कृतिक साँझ’को आयोजना हुँदैछ । मनोरञ्जनात्मक भनिए पनि यो सांस्कृतिक कार्यक्रम वोन धर्माबलम्बीलाई एउटै छातामुनि गोलबन्द गर्न तथा आउँदो राष्ट्रिय जनगणना–२०७८ मा आस्था राख्नेहरुलाई आफ्नो धर्म वोन नै लेखाउने उदेश्यमा समर्पित छ । पोखरा सभागृहमा आयोजना हुने यो सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु मिलन लामा, तमु समुदायमा लोकप्रिय कलाकारहरु धनबहादुर गुरुङ, कुशुम गुरुङलगायतको प्रस्तुति रहनेछ भने वोन भेषभुषा, भाषा, रहनसहन,संस्कृति र परम्परा पनि प्रदर्शन गरिने अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो कार्यक्रम आयोजन ागर्न करिक ११ लाख ३० लाख र आम्दानी १६ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरे । कार्यक्रमको अन्तिम तयारी थालिएको उनको भनाई थियो । वोन प्रकृतिको पूजा गर्ने समधर्म हो । हाम्रो अभियान वोन धर्मको पहिचान भन्ने नारासँगै आयोजित सांस्कृतिक कार्यक्रममा पनि वेद हराए, संस्कार हराउँछ र संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मान्यतालाई प्रवद्र्धन गर्न खोजिएको छ ।





