शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बैंकर्सले दियो प्रहरीलाई साईकल

बैंकर्सले दियो प्रहरीलाई साईकल


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७६, शुक्रबार

बागलुङ,२७ भदौ- बजार क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्ने प्रहरीको अभियानमा सघाउन बित्तिय संस्थाहरुले सहयोग गरेका छन् ।

बागलुङ स्थित बैंकर्स एसोसिएसनले सुरक्षा गस्तीमा सघाउने भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङलाई साईकल सहयोग गरेको हो । सदरमुकाम बागलुङ बजारमा गस्तीमा सहज बनाउन साईकल सहयोग गरेको अध्यक्ष्य नारायणराज पौडेलले बताए ।

बागलुङ बजारमा रहेका सबै बैंकले सामुहिक रुपमा लगानी गरेर ६ वटा साईकल र हेल्मेट किनेपछि शुक्रवार एक समारोहमा हस्तान्तरण गरिएको थियो । नियमित गस्ती बाहेक बित्तिय क्षेत्रको सुरक्षामा प्रहरीको सर्तकर्ता बढाउन साईकल उपयोगी हुने प्रहरी उपरिक्षक नवराज भट्टले बताए । उनले सामाजिक संघसंस्था, बित्तिय संस्था र नागरिक सँगको सहकार्यका लागि यो काम एउटा सफल उदाहरण भएको बताए । प्रहरी कार्यालयमा सूचना आउने गरी केही समय अघि बागलुङ उद्योग बाणिज्य संघले पनि सिसि क्यामेरा जडानमा साथ दिएको थियो । ती क्यामेरा कतिपय बिग्रेका छन् । मर्मत गर्ने र थप क्यामेरा जडानका लागि प्रहरीले व्यवसायी सँग सहकार्यको काम थालिरहेको समेत भट्टले जानकारी दिए ।

सुरक्षा सर्तकताका लागि बजारमा रहेका सिसि क्यामेरा बढाउने तयारी समेत भैरहेको उनले जानकारी दिए । बैकर्स एसोसिएसनले बैंक मात्र नभई आम नागरिकको सुरक्षाका लागि समेत प्रहरीले साइकल गस्ती गर्दा राम्रो हुने ठहर गरेको पौडेलले बताए ।

नियमित गस्ती गरिरहकै भएपनि प्रहरीसँगको सहकार्य लाई प्रभावकारी बनाउन यो साथ दिएका हौं भन्दै पौडेलले अझै सहकार्य बढाउने योजना सुनाए । प्रहरीले पनि शुक्रवार बाटै ती ६ वटा साईकललाई गस्तीका लागि पठाएको छ । केही समय अघिदेखि प्रहरीले थालेको समुदाय प्रहरी साझैदारी कार्यक्रममा यो सहयोग उपयोगी भएको बताइएको छ । दुव्र्यसन बिरुद्ध आमा सँग प्रहरी, समुदाय सुरक्षा कार्यक्रम, सामुदायिक प्रहरी अभियान जस्ता धेरै काममा प्रहरीले काम गरिरहेको समेत भट्टको भनाई छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा भट्टले आ“फै साईकल चलाएर अभियानको थालनी समेत गरे । बैकर्स एसोसिएसनका अध्यक्ष नारायणराज पौडेलले भट्टलाई साइकलको चावी हस्तान्तरण गरेका थिए । पौडेलको अध्यक्षता, सचिव सुदिप राजभण्डारीको संचालन र सदस्य को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->