शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशको सम्वृद्धिको मुख्य आधार पर्यटन नै हो : मन्त्रि बस्नेत

गण्डकी प्रदेशको सम्वृद्धिको मुख्य आधार पर्यटन नै हो : मन्त्रि बस्नेत


  • Dhorpatan News
  • भाद्र २९ २०७६, आइतबार

बागलुङ, २९ भदौ – गण्डकी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्रि रामशरण बस्नेतले यस प्रदेशको सम्वृदीको मुख्य आधार भनेको पर्यटन भएको बताएका छन । शनीबार बागलुङको पञ्चकोटमा आयोजित पञ्चकोट विराट श्री सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । गण्डकी प्रदेशमा हजारौको संङख्यामा धार्मिक तथा ऐतिहासिक स्थल रहेको र त्यसलाई अवलोकन गर्न बार्षिक करोडौ पर्यटकहरु भित्रिने भएकाले पर्यटन नै यहाँको सम्वृद्धिको आधार रहेको उनले बताए । पञ्चकोटमा निमाणाधिनमा रहेको १२८ फिट अग्लो विश्वशान्ती कलश लगाएतका संरचना तथा यस क्षेत्रको अन्य पुर्वधार विकासमा प्रदेशले विषेश सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन ।
कार्यक्रममा पुर्व उर्जा राज्य मन्त्री रामजी प्रसाद सर्माले बागलुङलाई नेपालमा चिनाउने धेरैनै स्थान तथा उदाहरण भएता पनी अव विश्व सामु यस पञ्चकोटले चिनाउन सक्ने भएकाले यसको निमार्ण तथा बिकासमा सवैको सहयोग अपरिहार्य रहेको बताए ।
पञ्चकोटका प्रतिनिधी अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्य र प्रदेश सांसद इन्द्रलाला सापकोटाले कार्यक्रममा मन्तव्य राखेका थिए ।
धामका परमाध्यक्ष स्वामी कमलनयनाचार्यको अध्यक्षतामा रहेको कार्यक्रमको स्वागत बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल तथा संचालन बा.न.पा. ६का बडा अध्यक्ष एवं पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->