बागलुङ, ३० भदौ – लायन्स क्लब अफ बागलुङ पञ्चकोटका अध्यक्ष गणेश लम्सालले छोराको जन्मदिनको अवसर पारेर मानवसेवा आश्रममा सहयोग गरेका छन् । छोरा दिप्शनको जन्मदिनको अवसर पारेर आईतवार उनले खाद्यान्न सामाग्री दिएका हुन् । उनले चामल, दाल, तेल, नुन, चिनी, तरकारी र मैदा लगायतको सामाग्री आश्रमकी संचालिका सुमिरा लामालाई हस्तान्तरण गरे । उनले छोराको जन्मदिनमा हुने अन्य खर्च कटाएर आश्रममा सहयोग गरेको बताए ।
‘आर्थिक अवस्था कमजोर भएका र सडकमा भेटिएका मानिसहरु बसेको कारण सक्नेले केही साथ र सहयोग गरौं भनेर यो काम गरेको हु’ लम्सालले भने, ‘यो अभियानले सबैलाई प्रेरणा मिलोस भन्ने चाहन्छु ।’ उनले छोराको जन्मदिन कसरी मनाउने भन्ने सोच्दासोच्दै सहयोगको भावना आएको बताए । उक्त अवसरमा पुगेका लायन्स क्लब अफ बागलुङ धौलागिरीका पूर्व अध्यक्ष काजीमान गुरुङले कम अवसर भएकालाई धेरै अवसर भएकाहरुले साथ दिने परंपरा धान्न यस्ता काम निरन्तर गर्नुपर्ने बताए । कार्यक्रममा महिला अधिकारकर्मी शकुन्तला शर्मा, लायन्स क्लब अफ बागलुङ सिटीकी पूर्व अध्यक्ष रत्ना भण्डारी, लायन्स क्लब अफ बागलुङ पन्चकोटका पूर्व अध्यक्ष तेजप्रसाद शर्मा, लायन्स क्लब अफ बागलुङ धौलागिरीका अध्यक्ष राजन कुमार शाक्य, आश्रमकी संचालक सुमिरा लामा, लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष दिपा जिसी र लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष बिकास पौडेल र लायन्स क्लब अफ कालीगण्डकीका अध्यक्ष दल थापा समेतले सहयोगको प्रसंसा गरे । लायन्सका सदस्यहरको जन्मदिनमा यस्ता क्रियाकलपा गर्ने र सामाजिक व्यक्तिलाई सम्मान गर्ने चलन भित्राएको समेत बताइएको थियो । लम्सालको अध्यक्षता र गोपाल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





