शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रिघामा ‘एक घर एक धारा’ विस्तार गरिने

रिघामा ‘एक घर एक धारा’ विस्तार गरिने


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७६, मंगलबार

बागलुङ, ३१ भदौ – गल्कोट नगरपालिका–११ रिघाको एक गाउँमा घर–घरमै धारा बिस्तार गरिने भएको छ । रिघाफेँदीका ५५ घरधुरीमा ‘एक घर एक धारा’ बिस्तार गरिने भएको हो ।
गाउँमा सञ्ंचालित फेदी छरछरे खानेपानी आयोजनामार्फत गाउँका सबै घरधुरीमा खानेपानीका धारा निर्माणको काम भइरहेको छ ।
अहिलेसम्म उक्त आयोजनाको झन्डै ७० प्रतिशत काम सम्पन्न भइसकेको वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिए । अहिलेसम्म धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट बञ्चित बनेका फँेदीबासीहरु अब भने लाभान्वित हुने भएका छन् । वडा अध्यक्षको पहलमा गण्डकी प्रदेश पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा खानेपानी आयोजना बिस्तार हुनेभएपछि त्यहाँका कुमाल समुदायमा खुशीयाली छाएको छ ।
अहिले आयोजनाको काम धमाधम भइरहेको छ । आर्थिक बर्ष ०७५÷७६ बाट सुरु भएको बहुबर्षे योजना यसै आर्थिक वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा काम सञ्चालन भइरहेको बताइएको छ । गत बर्ष प्रदेश सरकारबाट ३५ लाख विनियोजन भएकोमा लक्ष्यभन्दा बढी ७४ लाखको काम भएको र चालु बर्षमा ५ लाख विनियोजन भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर राना कुमालले जानकारी दिए । अहिले पाइपलाई विस्तार र ट्याङ्की तथा धारा निर्माण गर्ने काम भइरहेको छ । एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनाका काम द्रुत गतिमा अगाडि बढिरहेको कुमालले बताए । यसैबीच, रिघा झारसादी मजुवा अरले मनेवापाटा खानेपानी आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाबाट ७० घरधुरी लाभाम्बित हुने वडा अध्यक्ष श्रीसले बताए । यस्तै हिउँद लाग्ने बित्तिकै खानेपानीको समस्या झेल्दै आएका ठुलो रिघा लगाएतका स्थानमा लिफ्टिङ्ग प्रबिधिबाट पानी ल्याउने योजना रहेको वडा अध्यक्ष श्रीसले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->