स्याङ्जा,१ असोज – राष्ट्रिय उपभेक्ता मञ्च स्याङ्जाले चाडबाड नजिकिए संगै बजारमा ब्यापारीहरुले उपभोग्य वस्तुमा महङ्गो शुल्क लिएर ठगिन सक्ने भन्दै बजार अनुगमन गर्न माग गरेको छ ।
मञ्चले मंगलबार एक विज्ञप्ती मार्फत सो माग गरेको हो । मञ्चका अध्यक्ष रानेन्द्र मरासिनी द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हक सम्बन्धमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ, गुणस्तरहीन वस्तुवा सेवाबाट क्षती पुगेको व्यात्तिलाई कानून बमोजिम क्षयतीपुर्ती पाउने हक हुनेछ भनी उल्लेख हुनुका साथै धारा ५१(घ) ७ मा कालाबजारी एकाधिकार, कृतिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाइ व्यापारीक स्वच्छन्दता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने भनि स्पष्ट व्यवस्था भएको उल्लेख गर्दै मञ्चले दशै, तिहार, छट जस्ता महत्वपुर्ण चाडपर्वहरु सुरु हुन लागेकोले अन्य समयमा भन्दा यस बेला बढि बजारमा चहलपहल हुने र किनबेच पनि हुने भएकोले यस समयमा गुणस्तरहीन सामानका साथै महंगोमा बिकृबितरण हुने भएकोले जिल्ला स्थित स्थानीयतहहरु व्यापारिहरु संग सम्बन्धित संस्थाहरु उद्योग वाणिज्य संघ, च्याम्बर अफ कर्मश, पत्रकारमहासंघ लगायत सम्बद्ध सबैलाई एक विज्ञप्ती मार्फत आग्रह गरिएको मञ्चका अध्यक्ष राजेन्द्र मरासिनीले जानकारी दिए ।
यस भन्दा पहिले जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दै आएको भएपनि स्थानीय तहको निर्वाचन र नयाँ संविधान संगै ऐनमा व्यवस्था भए अनुसार बजार अनुगमनको अधिकार स्थानीय तहलाई भए पनि स्थानीय तहले यस विषयमा खासै चासो नदेखाउदा बजार अनुगमनको काम हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बजार अनुगमनको अधिकार स्थानीय तहलाई भएकोले आफुहरुले स्थानीय तहबाटै अनुगमन होस भन्ने चाहेको बताउदै स्थानी तहबाट नभएको अवस्थामा आफुहरुले बजार अनुगमन गर्ने बताए ।





