बागलुङ, २ असोज – अव बागलुङका सवारी चालक पनि आफ्नै सवारी पोशाकमा भेटिने भएका छन । सर्वसाधारण नागरिक सामु सवारी चालकको पहिचान गराउन छुट्टै पोशाकको व्यवस्था गरिएको हो । सामुदाय प्रहरी–साझेदारी कार्यक्रम, ट्राफिक प्रहरी र जिल्लामा रहेका यातयात सेवा प्रा।लि।को संयोजनमा बिहिवार यहाँका सवारी चालकहरुलाई पोशाक वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षत्री, गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरे र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले यहाँका चालकहरुलाई संयुक्त रुपमा पोशाक वितरण गरे ।

चालकलाई थप जिम्मेवार बनाउन र सर्वसाधारण नागरिकसामु उनीहरुको पहिचान सहज बनाउन बिहीबारदेखि छुट्टै पोशाकको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले वताए। सो अवसरमा चालक र यातयात मजदुरहरुलाई लागु पदार्थ सेवन (लापसे) सम्बन्धि अनुशिक्षण दिइएको प्रहरी उपरिक्षक भट्टले जानकारी दिए ।






