शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विश्वकर्मा मा.वि.को ६८ औं बार्षिकोत्सब सम्पन्न

विश्वकर्मा मा.वि.को ६८ औं बार्षिकोत्सब सम्पन्न


  • नारायण गौतम
  • असोज २ २०७६, बिहिबार

बागलुङ,२ असोज – विश्वकर्मा माध्यमिक विद्यालय बा.न.पा.७, कालिमाटी बागलुङको ६८ औं बार्षिकोत्सब एवं अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
मूल समारोहको शुभारम्भ पछि बोल्दै नगर प्रमुख जनकराज पौडेलले विद्यालयको शैक्षिक तथा भौतिक विकास संगै गुणस्तरमा बृद्धि गर्न सकेमा मात्रै समृद्धि सम्भव भएको बताउए । शिक्षा विकासको पहिलो आधार भएको बताउँदै नगरपालिकाले शिक्षामा पहिलो प्राथमिकताका साथ लगानी गरेकाले लगानी अनुरुपको उपलब्धि प्राप्त हुने उनको विश्वास थियो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी डण्डपाणी शर्मा, भगवत सर्वजित प्रतिष्ठानका अध्यक्ष ओम बहादुर वि.क., ६ नम्बर वडाका वडा अध्यक्ष खिमराज सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष बिपिन विश्वकर्मा, नेकपा का तर्फबाट मेघराज गैरे, धनकला स्मृती कोषका संरक्षक लक्ष्मी प्रसाद उपाध्याय, तितौरे माविका प्रअ महेन्द्र शर्मा लगायतले मनत्व्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युगेन्द्र प्रसाद खनालले आर्थिक बर्ष २०७५।०७६ को रु. १ करोड २९ लाख ९० हजार २ सय ४२ रुपैयाँ बराबरको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार चोलेन्द्र पौडेल र सुमिता नेपालीको सांस्कृति प्रस्तुतिका साथै विद्यार्थीहरुले विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
भाद्र २७ गतेदेखि ज्ञानबद्र्धक, खेलकुद एवं मनोरन्जनात्मक कार्यक्रमहरु सहित ५ दिवसीय कार्यक्रम गरी बार्षिकोत्सव सम्पन्न भएको विद्यालयका शिक्षक केशब पौडेलले जानकारी दिए ।
कार्यक्रमका अवसरमा बार्षिक परिक्षामा उत्कृष्ट तथा अतिरिक्त क्रियाकलापमा सर्बोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता वि.व्य.स. अध्यक्ष कृष्ण प्रसाद पाध्या र विद्यालयका शिक्षक क्षेत्र बहादुर के.सी. र विद्यार्थी कविता कार्कीले स्वागतर संचालन शिक्षक पशुपति शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->