बागलुङ, ३ असोज संविधान स्थायी नहुने भएकाले यसलाई समय र जनताको भावना अनुसार परिवर्तन गरेर जानुपर्ने बागलुङमा शुक्रवार आयोजित एक कार्यक्रममा बक्ताहरूले जोड दिएका छन । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले अहिलेको संविधान विश्वकै उत्कृष्ठ भएपनि यसलाई पनि आवश्यकता अनुसार संशोधन गर्न सकिने वताए । उनीहरुले देशमा तीन तहको सरकार गठन भए पनि स्थानीय तहमा जनताले पाउने सेवा सुबिधामा कमी भएको वताए । उनीहरुले स्थानीय तहलाई थप शक्तिशाली बनाउनु पर्नेमा जोड दिए । यो संविधान नेपाली जनताको धेरै त्याग र बलिदानबाट आएको हँुदा यसलाई संस्थागत बनाउन सबैले भुमिका खेल्नुपर्नेमा उनीहरुको थप जोड थियो ।

कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पादेबी खड्का, संविधानसभाका सदस्य प्रकाश पौडेल, नरबहादुर थापा, बलावती शर्मा, गण्डकी प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटा, कोपीला बोहरा, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कृष्ण पाठक, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एंवम अधिबक्ता ममतादेवी शर्मा, नेपाली कांग्रेसका सभापति दिपेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा मालेका मन्जु क्षेत्री, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल बार एशोसिएशन उच्च अदालत पोखरा इजलासका अध्यक्ष हरिप्रसाद शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, राप्रपाका बिष्णु प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ अध्यक्ष दिल शिरीष लगायतका वक्ताहरूले संविधानलाई जनताको संविधान हो भन्ने भावना दिलाउन नसके सम्म यसलाई संस्थागत गर्न नसकिने हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

संविधान दिवस मुल समारोह समितिका संयोजक राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला समन्वय समितिका सहसंयोजक बिष्णु भुसालले र कार्यक्रमको संचालन दुर्गा पौडेलले गरेका थिए । कार्यक्रम बाजागाजा, भजन कृतन सहित सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारी, स्थानीय तहका जनप्रतिनिधिहरू, स्थानीय तहमा कार्यरत कर्मचारी राजनीतिकदलका नेता, कार्यकर्ता, पत्रकार, सहकारीकर्मिहरू, प्रहरी, नेपाली सेना लगायतले राष्ट्रिय झण्डा सहित नगर परिक्रमा गरेका थिए ।






