शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धनि बन्न उत्पादनमा जोडिनुहोस्ः अध्यक्ष थापा

धनि बन्न उत्पादनमा जोडिनुहोस्ः अध्यक्ष थापा

गुहेलीको अध्यक्षमा कार्की सर्वसम्मत चयन


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७६, आइतबार

बागलुङ, ५  असोज – काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले खल्तीमा पैसा राखेर कोहि धनी नबन्ने र आफुलाई उत्पादनमा जोडनुपर्ने बताएका छन  ।  गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको शनिबार भएको १३ औं बार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले भने –‘विकासको पूर्वाधार हामी बनाउँछौं, तपाईहरुले उत्पादनमा लाग्नुहोस् ।’ उनले सवै उत्पादनमा नजोडिएसम्म समृद्धि नआउने बताउँदै समृद्धिको लागि सवै उत्पादनमा जोडिनुपर्नेमा जोड दिए । थापाले उत्पादनमा लाग्नेहरुको लागि प्राविधिक सहयोगको लागि गाउँपालिकाले सहयोग गर्न तयार रहेको बताए ।
गाउँपालिका अध्यक्ष थापाले काठेखोलाको विकासको लागि पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिएको बताए । उनले अहिले काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको सलामदेखि वडा कार्यालय जोड्ने सडक ढलान तथा स्तरवृद्धि गरिने बताए।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी सल्लाहकार कोपिला कंडेल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बागलुङ शाखाका प्रमुख नारायण पौडेल, कृषि सहकारी संघ बागलुङका उपाध्यक्ष मणिभद्र शर्मा, गुहेली सञ्चार सहकारीका संस्थापक अध्यक्ष खिम बहादुर कार्की र सहकारीका निर्वाचन समिति संयोजक चन्द्रमणि शर्माले बोलेका थिए ।
सहकारीले साधारणसभाको अवसरमा काठेखोला गाउँपालिकामा जन्मेर पत्रकारीता क्षेत्रबाट गाउँपालिकालाई चिनाउन सफल भएको भन्दै पत्रकार कोपिला कंडेललाई सम्मानित गरेको छ । यस्तै काठेखोलामा जन्मी गैरसरकारी क्षेत्र मार्फत समाजलाई पु¥याएको योगदानको कदर गर्दै विवाइसी बागलुङका का.व. अध्यक्ष मनिभद्र शर्मालाई सम्मान गरेको थियो ।
सहकारीले संस्थाकी जेष्ठ सदस्य पुतली मल्ल, बालबचतमा उत्कृष्ट कारोबार गर्ने प्रतिक्षा पौडेल र सहकारीको शेयर सदस्यमा रही सहकारीको लागि उत्कृष्ट कार्य गरेको भन्दै सुनिल शर्मा, खिमा शर्मा, लक्ष्मी थापा र चन्द्रकला थापालाई सम्मान गरेको थियो ।
साधारणसभामा संस्थाका सचिव सुर्य बहादुर थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रसाद थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सहकारीले २ करोड ८ लाख ३८ हजार ४ सय ७ रुपैयाँको कारोबार गरेको कोषाध्यक्ष थापाले जानकारी दिए ।
गुहेलीको अध्यक्षमा कार्की सर्वसम्मत 

गुहेली सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा खिम बहादुर कार्की सर्वसम्मत चयन भएका छन  ।
सहकारीको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभाले संस्थापक अध्यक्ष समेत रहेका कार्कीको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टिकाराम उपाध्याय, सचिवमा सुर्यबहादुर थापा, सहसचिवमा गिता हमाल, कोषाध्यक्षमा प्रसाद थापा छन्भने सदस्यहरुमा नविन शिशिर वि.क., लक्ष्मी थापा, टिकाराम शर्मा, सुर्यप्रसाद शर्मा, तारा थापा के.सी. र ऋषिराम शर्मा सर्वसम्मत चयन भएका हून ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->