शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गाउँपालिका पुग्ने सडकमा प्राथमिकता

गाउँपालिका पुग्ने सडकमा प्राथमिकता


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७६, सोमबार

बागलुङ, ६ असोज – ताराखोला गाउँपालिकाले सबै बस्तीबाट गाउँपालिका कार्यालय पुग्ने सडकलाई प्राथमिकतामा राखेर काम गरेको छ । अघिल्लो बर्ष, गत बर्ष र चालु बर्षका अधिकांस सडकको काम गाउँपालिका केन्द्रदेखि बस्ती जोड्ने काममा लगानी भएको हो । केन्द्र पुग्न गलकोट घुमेर जानुपर्ने भएपछि वडा नं. १ मा धेरै बजेट लगानी गरेर पालिका पुग्ने सडक बनाइएको छ । महिला र बालबालिकाहरु गाउँपालिकाको काम लिएर जानुपर्दा साथी खोजेर जान बाध्य थिए । कार्यालयको एउटा काम सकेर फर्कंदा एक दिन पुरै लाग्ने गरेकोमा अहिले सहज भएको स्थानीय बलबहदुर रोकाले बताए । वडा नं. १ को भुस्कातबाट सजिलै पुगिने भएपनि माझखर्कबाट पालिका पुग्न कठिन थियो । भौगोलिक रुपमा टाढा नभएपनि सडक अभाव र बीचबाटोमा खोला र जंगल भएकोले स्थानीयले घुमाउरो बाटो जान बाध्य भएपछि लगानी गरिएको अध्यक्ष प्रकाश घर्तीले बताए ।
वडाबासीको सास्ती हटाउन गाउ“पालिकाले अघिल्लो बर्षदेखि शुरु गरेको सडक निर्माण अभियान पुरा भएको हो । माझखर्कदेखि खहरीखोला, भातखाने डाँडा सडकको ट्रयाक खुलाएर सवारी चल्ने बनाइएको घर्तीले बताए । बर्षातमा समेच चल्ने बनाउन अझै काम बा“की रहेको उनले बताए । छिमेकी जिल्ला म्याग्दीको बेनी नगरपालिकासम्म जोड्ने गरी योजना बनाएर सडकको काम गरिएको थियो । अघिल्लो बर्षको ४० लाख बजेटले काम पुरा नभएपछि गतबर्र्ष बिनियोजन भएको ३५ लाखले ट्रयाक जोडिएको हो । अहिले गाउँपालिका कार्यालयसम्म आइपुग्ने ट्रयाक खुलिसकेको छ । बेनीतर्फ जाने सडकले पनि सिमानासम्म जोडेको स्थानीय तुलसी रोकाले बताए ।
यो सडक बनेमा यहा“का बासिन्दाले बेनी बजारसम्म पुगेर स्थानीय उत्पादन बिक्री गर्न सक्छन् । ‘वडाको मानिस गाउँपालिका आउने, गाउँमा फलेको उत्पादन बजार पठाउने बैकल्पिक बाटो बन्दैछ’ घर्तीले भने, ‘गाउँपालिकालाई कृषि व्यवसायबाट आत्मनिर्भर बनाउने चाहना पुरा गर्न सडक पूर्वाधारमा लगानी गरेका हौं ।’ आलु, मुला, अलैची, गेडागुडी र पशुपालनमा गरिएको लगानीको सदुपयोगका लागि सडक थप गरिएको उनले बताए । सदरमुकाम पछिको दोश्रो ठूलो बजारसम्म पुग्न यो सडक सहयोगी हुनेछ ।
गाउ“पालिकाले चालु बर्षभित्रै गलकोट नगरपालिकातर्फ जाने सडकका लागि २५ लाख, भुक्कात जोड्न २५ लाख र गाउ“पालिका भवनलाई पूर्णता दिन ५० लाख बजेट बिनियोजन गरेर काम गरेको थियो । ग्रामीण बस्तीमा भएपनि वडा तहबाट सहजै आइपुग्ने, आएपछि सबै प्रकारका काम एकैपटक गर्न सकिने गरी व्यवस्थापन र निर्माणको काम भएको उपाध्यक्ष डिलकुमारी पुनले बताईन् ।
‘समयमै काम पाउने र सहजै गाउँपालिका पुग्दा गृहीणीको समय बचत हुन्छ’ पुनले भनिन्, ‘सडक बनेपछि खर्चको पनि बचत भएको छ ।’ गाउँपालिकाकै अगुवाईमा वडा तहदेखि कार्यालय आउन सवारी साधन आउजाउको व्यवस्थापनमा पनि पहल गर्ने उनले बताईन् । त्यसबाहेक गाउँपालिकाको प्रतिष्ठाको रुपमा सहिद मार्ग निर्माणको काम भैरहेको छ । चालु बर्ष काम पुरा गर्नेगरी रिजालचोकदेखि अर्गल, ताराखोलाहुँदै म्याग्दी जोड्ने सहिद मार्गको काम भैरहेको हो । झण्डै ५ किमी बाँकी रहेको ट्रयाक खुलाइएको छभने पुरानो ट्रयाकलाई चक्लाउने काम भैरहेको हो । प्रदेश सरकारको साझेदारीमा झण्डै २ करोड खर्चेर यो योजना पुरा गर्ने लक्ष राखिएको घर्तीले बताए । यसअघि जनताले श्रमदान गरेरयहाँको ग्रामीण सडकको ट्रयाक खोलेका थिए । कम्तिमा ७ मीटरको सडक बनाएर स्तरउन्नती गर्ने योजना बनाएपछि स्थानीय उत्साही भएका छन् । सडक मर्मत गर्दा सदरमुकाम पुग्न समेत सहज हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->