बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यालय शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम

विद्यालय शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम


  • Dhorpatan News
  • असोज ७ २०७६, मंगलबार

पोखरा,७ असोज – पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि सुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ ।

तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था बाल हीतकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस्ता तालिमहरुले शिक्षकहरुलाई उत्प्रेरित गर्ने बताए । गैर सरकारी संस्थाहरुले सरकारले खनेको जगमा नै इटा थप्नेमा काम गर्ने कुरा उल्लेख गर्दे अध्यक्ष पहारीले तालिमलाई सफल बनाउन व्यवहारमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै किडासाका परियोजना व्यवस्थापक सञ्जय आत्रेयले परियोजनाबाट महानगरका पाँच हजार चार सय विद्यार्थीहरु लाभान्वीत हुने जानकारी दिए । तालिमका सिकाई १३ देखि १६ वर्षका किशोर किशोरीहरुलाई विशेष उपयोगी हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट महेन्द्र माध्यामिक विद्यालयका बन्दना केसी र नवप्रभात माध्यामिक विद्यालयका शान्तराम लामिछानेले मन्तव्य राखे । उनीहरुले तालिम उपयोगी भएको धारणा राख्दै सिकेको सिकाइलाई कार्यस्थलमा कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाए ।

तालिममा विभिन्न जीवन उपयोगी सीपहरुको बारेमा प्रशिक्षक भक्तराज रसाइलीले शिक्षकहरुलाई सहजीकरण गरेका थिए ।समापन कार्यक्रम परियोजनाका अध्यक्ष गोविन्द पहारीको अध्यक्षता तथा केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।तालिम बाल हीतकारी परियोजना नेपालको आयोजना तथा किडासाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको परियोजनाका फिल्ड निर्देशक रविन्द्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->