बागलुङ, ९ असोज – राष्ट्रिय परीक्षा परीक्षा बोर्डबाट लिइएको कक्षा ११ को परीक्षामा अमर आदर्श माध्यामिक विद्यालयका एक छात्राले जिल्लामै उत्कृष्ट नतिजा ल्यााएका छन्् । अमर आदर्शका छात्र दिपक थापाले ३.५९ जीपीए ल्याएर जिल्लामै उत्कृष्ट भएको विद्यालयले दाबी गरेको छ । उक्त विद्यालयबाट ८८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
‘अहिलेसम्म हाम्रो विद्यार्थीको नतिजा उत्कृष्ट देखिएको छ’ शिक्षक कमल पन्तले भने ‘अरु कुनै विद्यालयले दावी गरेका छैनन् ।’ जिल्ला भरका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट सहभागी सबै विद्यार्थी मध्ये उत्कृष्ट सबैभन्दा धेरै जीपीए ल्याउने विद्यार्थी दिपकनै भएको उनले दावी गरे । ‘जिल्ला भरकै उत्कृष्ट भनेर भन्न सबै विद्यालयको लब्धांकपत्र हेर्नै पर्छ’ चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले भने ‘सबै संकायको हिसावमा हाम्रा बिद्यार्थीको भन्दा बढी आएको छ तर जिल्लामै उत्कष्ट भन्न सकिएन ।’ उनले व्यवस्थापन संकायमा आफ्ना विद्यार्थीले जिल्ला टप गरेको बताए ।
यसैबीच प्राथमिक, आधारभूत र माध्यामिक तहको शिक्षकका लागि लाइसेन्स परीक्षा शुरु भएको छ । शिक्षा बिकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायका अनुसार प्राथमिक तहमा २ हजार ३ सय ६४, आधारभूत तहमा १ हजार ४ सय ७ र मावि तहमा ३ हजार ७ जनाले लाईसेन्स परीक्षा दिन लागेका हुन् । परीक्षा उत्तीर्णको प्रमाणपत्रको आधारमा मात्र शिक्षक आवस्यकता हुँदा फर्म भर्न पाइने शिक्षा नियमाबलीमा व्यवस्था छ ।





