शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा ताईवानी डाक्टर सहितको बृहत शिविर हुँदै

बागलुङमा ताईवानी डाक्टर सहितको बृहत शिविर हुँदै


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७६, बिहिबार

बागलुङ, ९ असोज – धौलागिरी अञ्चल अस्पतालमा आगामी महिना वृहत स्वास्थ्य शिविर संचालन गरिने भएको छ । चीन प्रशासित ताईवानका बरिष्ठ चिकित्सकहरुको उपस्थितिमा काठमाण्डौ, पोखरा र बागलुङका समेत चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरेर शिविर संचालन गर्न लागिएको हो । रोटरी क्लब अफ बागलुङ र धौलागिरी अञ्चल अस्पतालले संयुक्त रुपमा आयोजना गरेर शिविरलाइ प्रभावकारी बनाउन बुधवार छलफल समेत गरेका छन् । बिदेशी नागरिक समेत आउने भएकोले सुरक्षा व्यवस्था कडा पार्ने, प्रहरी र सशष्त्र प्रहरीबाट स्वयंसेवक समेत खटाउने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए । शिविरमा दन्तसेवा, जनरल सर्जन, आँखा, नाक कान घाँटी, स्त्रीरोग, मुटु तथा दिर्घरोग लगायतको सेवा समेत दिने गरी व्यवथापन गरिएको हो । आगामी अक्टोवर २५ र २६ का दिन शिविर संचालन हुनेछ ।

शिविरमा कम्तिमा ३ हजार र बढीमा ५ हजार बिरामीले सेवा पाउने व्यवस्था मिलाउन लागिएको धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । शिविरमा आउने ताइवानी चिकित्सकहरुले सेवा सँगै केही उपकरण समेत सहयोग गर्ने बताइएको छ । शिविरलाई सफल पार्न सबैलाई आब्हान गरिएको भन्दै सरोकारवालाले पनि साथ दिनुपर्ने रोटरी क्लब अफ बागलुङका अध्यक्ष रेशमबहादुर केसीले बताए । कार्यक्रममा अस्पतालका अध्यक्ष केवी राना, रोटरी क्लबकी पूर्व अध्यक्ष लक्ष्मी जिसी कार्की, जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरे, घनश्याम सापकोटा, पत्रकार ताराबाबु आचार्य लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->