बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गल्कोट घुम्टे महोत्सवकोलागि रिघामा समिति गठन

गल्कोट घुम्टे महोत्सवकोलागि रिघामा समिति गठन


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७६, बिहिबार

गलकोट,९ असोज – घुम्टे पर्यटन विकास केन्द्र गल्कोटले मंसिर ४ गते देखि गलकोटमा संचालन गर्ने दोश्रो गल्कोट घुम्टे महोत्सव को प्रचार तथा तयारी सुरु गरेको छ। सोहि सन्दर्भ अनुसार गल्कोट नगरपालिका वडा नं. ११ रिघामा वडा स्तरीय महोत्सव सहयोग समितिको गठन गरेको छ। वडा अध्यक्ष डम्बर श्रीसको संयोजकत्वमा ६३ सदस्यिय समितिको गठन गरिएको हो। कार्यक्रममा गल्कोट घुम्टे महोत्सव सचिवालय सदश्य तथा कृषि उपसमितिका संयोजक ललित श्रीसले कार्यक्रमले स्थानिय उत्पादन, कला संस्कृतिको प्रचार तथा प्रसार गर्ने जानकारी दिए। कार्यक्रम वडा अध्यक्ष डम्बर श्रीसको अध्यक्षता तथा महोत्सव सचिवालय सदस्य योगेश भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->