बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ट्याक्सी व्यवसायीको अधिबेशन

ट्याक्सी व्यवसायीको अधिबेशन


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७६, बिहिबार

पोखरा,९ असोज –  धौलागिरी ट्याक्सी व्यवसायी समितिको ८ औ बार्षिक साधारण सभा तथा रुपमान्तरीत धौलागिरी यातायात सेवा प्रालि बागलुङको प्रथम अधिबेशन बिहिबार देखी सुरु भएको छ । उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले राजश्वको सदुपयोग हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टले यातायात क्षेत्र संवेदनशिल क्षेत्र भएको भन्दै सोही अनुसारको अनुशासन र व्यवसायीक मर्यादा हुनुपर्नेमा जोड दिए । ‘डाक्टर जत्तीकै सम्बेदनशिल क्षेत्रको ड्राभीङ’ भट्टले भने ‘व्यवसायीले अनुगमन गर्ने र चालक जिम्मेबार बन्न जरुरी छ ।’ यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले राज्यले बनाएको कानुन व्यवसायीले जानकारीमा राख्नु पर्ने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ बागलुङका उपाध्यक्ष राजन कुमार शाक्य, बुर्तिबाङ ढोरपाटन यातायात प्रालिका सचिव नरबहादुर केसी, व्यवसायी राजु बिक, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, ट्राफिक प्रहरी कर्यालयका प्रमुख महेन्द्र रानाभाट, समितिका कानुनी सल्लाहकार तिलक रिजाल, व्यवसायी दुर्गादत्त आचार्य, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बिष्णु ढकाल, ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्य लगायतले बोलेका थिए । साविकको समितिका अध्यक्ष सन्तबहादुर पाख्रिनको अध्यक्षता, सचिव बलराम सापकोटाको सञ्चालन र व्यवसायी कपिल सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अधिबेशनले शुक्रबार सम्ममा रुपान्तरीत कम्पनीको नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->