
बागलुङ, १६ असोज – राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्र वहादुर केसीले विदेशीको शर्त र ऋण बोकेर संघीयता पाल्न नसकिने वताएका छन । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत विहिवार जिल्लाको कुश्मीसेरा बजारमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष केसीले भने, विदेशीको शर्त र ऋण बोकेर संघीयता पाल्न सकिदैन, यसको लागि नेपाली जनता बाध्य छैनन् । कुनै प्रणाली चलाउने नाममा जनतालाई चर्को करको मारमा पार्न पाईदैन ।
‘विदेशबाट ऋण लिएर ७ वटा प्रदेश चलाउन खोजेका छन् । जुन सरकारले प्रदेशको राजधानी कहाँ हो भन्न पनि सकेको छैन, त्यसले कहाँबाट नेपाली जनताको सम्वृद्वि हुन्छ ? केसीको प्रश्न थियो, ‘अहिले दशैँ नजिक आएको छ । नेपाली जनतालाई मंहगी बढाईएको छ । तर आफूहरु भने भ्रष्टाचार गरेर थुपारेको रकम कहाँ खर्च गर्ने भनेर खोजी गर्दै हिडेका छन ।’
केसीले नेपाली जनताले २००७ साल देखि लोकतन्त्रका लागि लडाईं गरिरहेको उल्लेख गर्दै वास्तविक लोकतन्त्र अझै नआएको बताए । ‘जनताले राणा फाले, राजतन्त्र फाले । तर अहिले पनि नेपाली जनताले गास, वास र कपासको व्यवस्था पाएका छैनन् । विश्वका कैयौँ देशहरु विज्ञान र प्रविधिको विकास गरेर साधन स्रोतमा आत्मनिभर्र भएका छन् । तर, हमम्रो देशमा भएका कलकारखाना समेत बन्द गराई दिएका छन् ।’ केसीले थपे, नेपालमा कलकारखाना भयो भने विदेशीहरुले आफ्ना सामान हाम्रो देशमा बेच्न पउदैनन् । हाम्रो देश आत्मनिर्भर भएर जान्छ । त्यसकारण विदेशीको चाहना अनुसार नेपाललाई आत्मनिर्भर हुन दिइएको छैन ।’
कृषि प्रधान देश नेपालमा यो वर्षमा मात्र ३२ अर्ब १४ करोडको खाद्यान्न आयत भएको प्रशंग उल्लेख गर्दै तराईका खेती योग्य जमिनलाई डुबानमा पारिरहँदा समेत सरकार चुप लागेर बसेको आरोप लगाए । केसीले भने, ‘नेपालमा चिनी उद्योग छ । तर उखु खेती गर्ने किसानले मुल्य पाउदैनन् । सरकारले भारतबाट चिनी ल्याउँछ । नेपालमै प्रसस्त मात्रामा रोजगारीको सम्भावना हुँदाहुँदै युवाहरु विदेशीन वाध्य भएका छन् । यो सबै सरकारको दुर्दसाको कारण हो ।’
अध्यक्ष केसीले २०२१ सालमा बाग्लुङमा कम्युनिष्ट पार्टी स्थापना गरेको प्रशंग पनि स्मरण गरे । विगतको पार्टी स्थापना र कठिन राजनीतिक संघर्ष उल्लेख गर्दै देश र जनताको लागि निस्वार्थ ढंगले लागेको पार्टीका नेता कार्यकर्ताहरु उत्साहका साथ एकजुट भएर पार्टी निर्माणमा लाग्न आह्वान गरे ।
कार्यक्रममा बोल्दै संघिय सांसद तथाराष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता सांसद दुर्गा पौडेलले नेपालमा खुकुलो रुपमा वितरण भइरहेको नागरिकतालाई रोक्नुपर्ने बताइन । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिनु र नागरिकतालाई खुकुलो पार्नु भारतको ग्राइन डिजाईन अनुसार भएको उल्लेख गर्दै पौडेलले प्रदेश नं.२ लाई हिमाल र पहाडबाट अगल गर्नु आपतिजनक रहेको बताइन ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका प्रदेश मामिला समितिका सभापती कृष्ण थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले मन्तव्य राख्दै अभियान सफल भएको वताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व सचिव कृष्ण अधिकारी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.वी. थापा, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, जिल्ला सदस्यहरु लिलादेवी शर्मा, दिल कुमारी श्रीस, रुद्रा केसी,अखिल नेपाल किसान संघ बागलुङका सचिव बिरेन्द्र थापा, अखिल नेपाल युवक संघ बागलुङका सचिव तथा जैमिनी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष विरेन्द्र थापा, अखिल छैठौं बागलुङका उपाध्यक्ष नवराज शर्मा, जैमिनी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष गोपाल शर्मा, वडा नं. १० का वडाअध्यक्ष नर बहादुर थापा लगायतले अभियानका वारेमा वोलेका थिए ।
जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीसको अध्यक्षतामा समपन्न सभाको सञ्चालन जिल्ला सचिव भिमलाल पोखरेल र स्वागत मन्तब्य जिल्ला सदस्य ठाकुर शर्माले गरेका थिए । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुती गरेका थिए । कार्यक्रम शुरु हुनु पुर्व पञ्चे बाजा सहितको र्यालीले बजार कुश्मीसेरा बजार परिक्रमा गरेको थियो ।





