शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उज्यालो गाउँपालिका बनाउन बरेङमा २० वाटको सोलार वितरण

उज्यालो गाउँपालिका बनाउन बरेङमा २० वाटको सोलार वितरण

गाउँपालिका भरका ४१ विपन्न परिवारका लागि २० वाटको सोलार सेट वितरण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७६, सोमबार

बागलुङ, २० असोज – जिल्लाको बरेङ गाउँपालिकाले विधुत सेवाको पहुँच नपुगेका स्थानीयको घरलाई उज्यालो बनाउने उदेश्य सहित सौर्य उर्जा प्रणाली (सोलार सेट) वितरण गरेको छ । भौगोलिक बिकटता र विपन्नताका कारण धिपधिपे टुकी बालेर रात काट्नुपर्ने बाध्यतामा रहेका स्थानीय ४१ घरपरिवारलाई सोलार से वितरण गरेको हो । गाउँपालिका भरका ४१ विपन्न परिवारका लागि २० वाटको सोलार सेट वितरण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । विधुतको केन्द्रीय प्रसारण लाईनको पहुँच नपुगेको दुर्गम ठाउँका आर्थिक अभावका कारण सेवाबाट बञ्चित भएका घरपरिवारलाई निःशुल्क रुपमा सोलार प्रदान गरिएको अध्यक्ष शर्माले वताए ।गाउँपालिकाले ४१ वटा सोलार से मध्ये वडा नम्बर १ का १० घर, वडा नम्बर २ का ११ घर, वडा नम्बर ३ का १० घर, वडा नम्बर ४ का ६ घर र वडा नम्बर ५ का ४ घरपरिवारलाई सोलार सेट प्रदान गरिएको छ ।
गाउँपालिकाका पाँचै वडाका विपन्न परिवार उज्यालोबाट बञ्चित भएको पाइएपछि उनीहरुलाई सोलार बितरण गर्न तीन लाख रुपैयाँ बिनियोजन गरिएको सोही रकमबाट सोलार से वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले वताए । बिशेष गरी दलित र विपन्न परिवारले सामुदायिक विद्युत जडान गर्न नसकेका कारण गत बर्ष नै कार्यक्रम बनाएर सोलार वितरणका लागि वडा अध्यक्षलाई जिम्मेवारी प्रदान गरेको र अहिले सबै वार्डमा बितरण गरिएको उनले जानकारी दिए ।
उज्यालो गाउँ गराउनका लागि वडा भित्रका १० विपन्न परिवारलाई २० वाटको सोलार वितरण गरिएको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पुर्णबहादुर खनालले जानकारी दिए । गाउँपालिकालाई पूर्ण उज्यालो गाउँपालिका बनाउन यो बर्ष छुटेका घरको लागत संकलन गरी अर्काे वर्ष सोलार सेट वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->