बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

घुम्टे युवा परिवारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

घुम्टे युवा परिवारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


  • Dhorpatan News
  • असोज २२ २०७६, बुधबार

गलकोट,२२ असोज – सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा बडा दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, संस्थाका संस्थापक कोषाध्यक्ष बेलुकाजी थापा, संस्थापक सचिव राज बहादुर थापा, संस्थाका पुर्व उपाध्यक्ष डाक्टर दिन बहादुर थापा, धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक दल थापा, राष्ट्रिय समाचार समिति धौलागिरी संयोजक राम थापा अविरल, ढोरपाटन राष्ट्रिय दैनिकका पत्रकार बालकृष्ण सुवेदी , लोक तथा दोहोरी गायक ईश्वर सिंह लगायत उपस्थित सबैले एक आपसमा सुख, शान्ति समृद्वि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । संस्थाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, शुभेच्छुक, सहयोगदाताको कार्यक्रममा उपस्थिती रहेको थियो । २०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवारले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आईरहेको छ । शुभकामना आदान प्रदान कार्यक्रम घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष थम्मन थापाको अध्यक्षता र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->