शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ग्वालीचौरमा क्याम्पस चलाउन महायज्ञ हुँदै

ग्वालीचौरमा क्याम्पस चलाउन महायज्ञ हुँदै


  • कमल पौडेल
  • असोज २५ २०७६, शनिबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

बागलुङ,२५ असोज -बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा भानु क्याम्पस सञ्चलानार्थ यहि मंसिर ११ गते देखि १८ गते सम्म बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ भवन निर्माण स्थल ग्वालीचौर न्वारमा हुने भएको छ। शुक्रवार वसेको महायज्ञ मुल समारोह समितिको बैठकले कार्यक्रम स्थल तय गरेको हो। यस अघि महायज्ञ गर्ने भनिएपनि कार्यक्रम स्थल तय गरिएको थिएन। त्यस्तै वैठकले प्रचार प्रसार तथा आर्थिक संकलनको लागी देशका विभिन्न स्थानमा पुग्ने र अन्तरक्रिया तथा छलफल गर्ने निर्णय गरेको छ। जसको लागी बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाको नेतृत्वमा ११ सदस्यिय टोलीको घोषणा गरिएको छ। टोली २६ गते देखि बुटवल हुँदै देशका विभिन्न सहरहरुमा पुगी बडिगाड भित्रबाट त्यहाँ पुगेका व्यक्तित्वहरु संग अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ। बैठकमा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, आर्थिक समितिका संयोजक हरिदत्त आचार्य, वडा अध्यक्ष अर्जुन प्रसाद खरेल, गुणानिधि घिमिरे, कलाधर घिमिरे लगाएतको सहभागिता रहेको थियो।

सो महायज्ञ संचालन गर्न असोज पहिलो हप्ता खार वजारमा मा भएको भेलाले महायज्ञ मुल समारोह समिति सहित विभिन्न उपसमितिको गठन गरेको थियो। सो महायज्ञमा भागवत भाष्कर पण्डित कमल नयन गौतमले प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। केहि वर्षदेखि ग्वालीचौरमा क्याम्पस सञ्चालन गर्न पर्यत्न गरिएपनि सार्थकता पाउन नसकेपछि धान्याञ्चल गर्न लागिएको हो। हाल क्याम्पसको लागी जग्गा व्यवस्थापन गरि गाउँपालिकाको सहयोगमा घेरावार गर्ने समेत काम भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->