शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मौलिक संस्कृति नेपालको पहिचान : सांसद वुढा

मौलिक संस्कृति नेपालको पहिचान : सांसद वुढा


  • कमल पौडेल
  • असोज २७ २०७६, सोमबार

बागलुङ,२७ असोज- गण्डकी प्रदेश, प्रदेश सभा सदस्य सांसद चन्द्र बहादुर वुढा सागरले मौलिक संस्कृति नेपालको पहिचान भएको भन्दै त्यसको संरक्षण र जागरणमा युवाहरु लाग्नुपर्ने बताए । आइतवार बडिगाड गाउँपालिका वडा नं. १ दगामा पूर्णिमा मेलाको उद्घाटन गर्दै बागलुङ क्षेत्र नं. २ क का साँसद वुढाले गण्डकी प्रदेश पर्यटन, विद्युत र कृषिको आधुनिकिकरणको माध्यमबाट समृद्ध बन्न खोजेको भन्दै त्यसको लागी व्यावसायीकता तर्फ लाग्न सवैलाई आह्वान गरे। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले कला संस्कृतिमा दगा अगाडि रहेको भन्दै त्यसको संरक्षणमा युवाहरु खटिएकोमा प्रशंसा गरे। कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चिसापानी युवा क्लवले गरेको सो कार्यक्रममा परम्परागत रुपमा नाचिदै आएको सरायँ नृत्य, भैलो, भजन, झाँकी लगाएत प्रस्तुत भएको थियो। त्यस्तै २३ गते देखि चलेको मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगिता चलिरहेको छ। भोली भलिवल फाइनल, तथा विभिन्न साँस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ। आज पनि सेमिफाइनलका खेलहरु भएका थिए। कार्यक्रम क्लवका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षता तथा सचिव हरिलाल नेपालीको संचालनमा सम्पन्न भएको थियो। गुल्मी, अर्घाखाँची लगाएतका जिल्लामा प्रचलित सरायँनाच बागलुङ पश्चिम बडिगाडका केहि स्थानमा नाच्ने गरिन्छ। त्यस मध्य दगाकोतमा पूर्णिमामा हुने सरायँ नाचलाई विशेष मान्ने गरिन्छ। विररस युक्त सो नाच विजय उत्सवको रुपमा नाचिन्छ। सो नाच हेर्न र नाच्न बागलुङका दगातुन्डाडा, जलजला, शिसाखानी, रिघा, ग्वालीचौर तथा गुल्मीका पौदिअमराई, वामीटक्सार, मुसिकोट लगाएतका स्थानवाट स्थानिय पुग्ने गर्दछन्। हेरौं सो स्थानमा देखिएको स्थानिय झाँकी भौलो भजन र सरायँ नाच साथमा दर्शकहरु फोटो फिचरमा । दगामा करिव १ सय ५० वर्ष पहिले देखि दगाकोतमा पुजा संगै पूर्णिमामा सरायँ नाच्ने प्रचलन रहँदै आएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->