गलकोट,२८ असोज – आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले छिमेकीको सहयोगको भरमा मुलुकले आर्थिक प्रगति गर्न नसक्ने बताए । अरुको सहयोगको मुख ताक्नुभन्दा आत्मनिर्भर बन्न सकेमा मात्र देश र नागरिकको प्रगति हुने उनको भनाई थियो । उत्पादन मार्फत आत्मनिर्भर नबनेसम्म समृद्दी र परिवर्तन असम्भव रहेको उनले बताए । अहिलेसम्म छिमेकीको सहयोगले चलेपनि अब मुलुक श्रोत र साधनको अधिकतम प्रयोग गरेर आत्मनिर्भर बन्नूपर्ने गुरुङले बताए ।
‘मागेर देश र संघ सस्था चल्दैन ,हामी आत्मनिर्भर बन्नूपर्छ’, उनले भने,‘ आफैले आर्थिक पूँजी निर्माण गर्नुपर्छ जसकालागि उत्पादननै प्रमुख आधार हो ।’
छिमेकीको सहयोगले देशले समृद्दी हासिल नगर्ने भएकोले सबै नागरिक आत्मनिर्भर भएमा देश आत्मनिर्भर हुने र समृद्धिको लक्ष्य पूरा हुने मन्त्री गुरुङलेको भनाई थियो । उनी संगम युवा क्लब गलकोट नगरपालिका – ६ ठूलाथरको ३७ औ वार्षिकोत्सव तथा बडा दशैमेलाको समापन समारोहमा बोल्दै थिए ।सकारात्मक सोचको विकास नभएसम्म समाज र मुलुकको विकास नहुने उनले बताए । युवाहरुले नकारात्मक क्षेत्रमा ध्यान दिएमा समृद्द नेपाल निर्माणको लक्ष्य पूरा नहुने भएकोले सकारात्मक सोच ,काम र विचारका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । ‘तपाईहरु अब सकारात्मक सोच,निरासा र नकारात्मक सोचलाइ त्यागेर मुलुकको परिवर्तनलाइ नेतृत्व गर्ने हिम्मतका साथ अघि बढ्नुस् ।’
सबै नागरिक आत्मनिर्भर भएमा मात्र देशले समृद्दीको लक्ष्य पूरा गर्ने भएकोले उत्पादनमूलक पेशामा नागरिकहरुले ध्यान दिनु पर्ने मन्त्री गुरुङले बताए । ‘युवाहरुले जागिर खाने सोच त्याग गर्नुपर्छ ,सरकारले केही गरेन भन्ने सोच त्याग्नुपर्छ ,जागीरको सिर्जना आफैले गरेर आत्मनिर्भर हुनुपर्छ ।
सरकारको प्रयासले मात्र परिवर्तन सम्भव नहुने भन्दै सबै नागरिक ,युवा शक्ति र निजी क्षेत्र समृद्दीको अभियानमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्ने बताउदै आर्थिक पूँजी निर्माणमा युवाहरु निजी क्षेत्र मार्फत अघि बढ्नु जरुरी रहेको उनले बताए ।
गलकोट क्षेत्रको भौतिक पूर्वाधार,कृषि उत्पादन ,शिक्षा ,स्वास्थ्य लगाएतका क्षेत्रमा रहेका समस्या समाधान गर्न प्रदेश सरकारले योजनाका साथ काम गर्ने उनले बताएका थिए । क्लबले निर्माण गर्न लागेको कबर्डहलका लागि सहयोग गर्ने उनको प्रतिवद्दता थियो ।कार्यक्रममा प्रदेश सभा सदस्य दिलमाया रोका ,समाजसेवी यामबहादुर श्रीष लगाएतले बोलेका थिए । क्लबले वार्षिकोत्सवको अवसरमा बिबिध खेलकूद तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।





