पोखरा,३० असोज – शिवशक्ति क्याम्पस पोखरा –११ मा आगामी कार्तिक ३ देखि ७ सम्म शिक्षक तालिम तथा कार्यशाला गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ । पोखरामा यसै वर्ष वैशाखमा सम्पन्न टिर्चस इन पोखरा ( टिआइपी) अन्तराष्ट्रिय शिक्षक सम्मेलनको पूरार्तजनकिरण तथा पृष्ठपोषण समेत हुने तालिममा शिवशक्ति क्याम्पसमा बि. एड तहमा अध्ययनरत विद्यार्थीहरु , प्राध्यपक ÷ शिक्षकहरु ,एन्फोर्ड फाउन्डेशन कास्की सम्वद्ध पाँचवटा स्टार स्कूल तथा टिर्चस इन पोखरामा सहभागी ३० विद्यालयका प्राचार्य तथा शिक्षक प्रतिनिधीहरु सहभागी हुने तालिमलाई नेदरल्याण्ड स्थित थिओला फाउन्डेशन र केपिजे विश्वविद्यालयका प्राध्यापक थिओ, हुलसोफ र दिर्की भिजा र नेपालका पाठ्यक्रम विज्ञ प्रा. डा. तिर्थ पराजुलीले मुख्य रुपमा सहजिकरण गर्ने छन् भने युनिभर्सिटी अफ भ्यालेन्सिया स्पेनका शिक्षकहरु पनि अनुभव आदानप्रदान गर्न तालिममा सहभागी हुनेछन् ।
आगामी चैत्रबाट शुरु गरिने २ वर्षे अन्तराष्ट्रिय शिक्षक तालिम कोर्ष समयसापेक्ष र शिक्षकलाई आजका शिक्षकहरुलाई आवश्यक पर्ने पाठ्यक्रम निर्माणगर्ने मुख्य उदेश्य रहेको यो तालिममा पहिलो दिन दुवै देशका संवन्धित विश्वविद्यालयको शिक्षक तालिमका पाठ्यक्रमको बारेमा अनुभव तथा विज्ञता आदानप्रदान हुनेछ भने दोस्रो र तेस्रो दिन टिर्चस इन पोखरा कार्यक्रममा सहभागी शिक्षकहरुलाई पुनर्ताकिरण तालिम तथा पृष्ठपोषण सहितको कार्यशाला हुने कुरा क्याम्पसका अध्यक्ष दामोदर बास्तोलाले बताए ।
बाँकी २ दिन सम्म शिवशतिm क्याम्पस तथा अन्य शिक्षा क्याम्पस वि.एड तहमा अध्ययनरत विद्यार्थीहरु तथा विज्ञहरु सँग अन्तरक्रियात्मक कार्यशाला सम्पन्न गरि अन्तमा आगामी दिनमा गरिने शिक्षक तालिमको लागि नयाँ पाठ्यक्रमको निर्माण सम्पन्न गरिने संस्थाका सचिव प्रेम ब. कँुवरले बताए । स्मरणिय छ , यो शिक्षक तालिम सञ्चालन गर्न नेदरल्याण्डको केपिजे युनिभर्सिटी र थिओला फाउन्डेशन , पोखराको शिवशतिm क्याम्पस , राष्ट्रिय शिक्षक शिप विकास ( एन्फोर्ड ) फाउन्डेशन र कर्मफ्लाइटस् फाउन्डेशन नेपालसँग समझदारी भई यस प्रकारका तालिम सञ्चालन गर्ने परियोजना तयार भएको कुरा संस्थाका अध्यक्ष विश्वराज बास्तोलाले बताए ।





