शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मल्ममा तिहारे मेलाको तयारी

मल्ममा तिहारे मेलाको तयारी


  • थम्मन थापा
  • कार्तिक १ २०७६, शुक्रबार

गलकोट,१ कार्तिक – जनहित कला केंद्र गलकोट नगरपालिका ७ मल्मलेतिहारे मेलाको तयारी तिव्र पारेको छ । नेपालीको गर्व, उज्यालो पर्व, दरम घुम्टे हामी सबका शान, खेल कला संस्कृति स्थानिय पहिचान भन्ने मुल नाराका साथ कात्तिक ६ गते देखि ९ गते सम्म विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सहित ७ औं तिहारे मेला तथा संस्थाको ५ औं वार्षिकोत्सव आयोजना गरिएको जनहित कला केन्द्र मल्मका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । मेलामा साविकको वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता, वडा स्तरिय पुरुष रस्साकसी प्रतियोगिता, तिहारे भाईमाला उन्ने प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष थापाले जानकारी दिए । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री, बसन्त थापा, दुर्गेश थापा, कर्ण परियार, ईश्वर सिंह, राम खत्री, कुलविर थापाको सांगितिक प्रस्तुती रहने बताईएको छ । मेला अवधिर स्थानिय कला संस्कृति झल्कने नौमती बाजा, सोरठी, देउसी भैलो प्रस्तुत गरिने छ । स्थानिय स्तरमा जनहित कला केन्द्रले विभिन्न समयमा सामाजिक कृयाकलाप सॅगै तालिम, गोष्ठी, अन्तरकृया समेत गर्दै आईरहेको छ । मेला केन्द्रको प्राङगड मल्म गैराखर्कमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->