पोखरा,२ कात्तिक – कास्कीमा अवैध रुपममा जडिबुटी ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ मर्दीपुलबाट प्रहरीले पाँचऔँले र निरमसीसहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कास्की प्रहरीले धादिङ रुवी भ्यालीकी ४५ वर्षीया माइली तामाङ , सोही ठाउँका ३९ वर्षीय मिनबहादुर तामाङ, ३१ वर्षका बिक्रम तामाङ र २१ वर्षीय सुरज तामाङ्लाइ अबैध जडिबुटी ओसारपसारको आरोपमा पक्राउ गरेको हो । उनीहरुको साथबाट ३८ किलो पाँच औले र ५ किलो निरमसी बरामद गरेको हो ।
त्यस्तै एसपी कार्कीले पोखराका पेट्रोल पम्पहरु पेट्रोल पम्प नभएर पेट्रोल बम रहेको बताए । ‘पोखराको नयाँबजार, पृथ्बीचोक, प्रस्र्याङ, नागढुंगा लगायतका ठाँउमा घर र सडकसँगै जोडिका पेट्रोल पम्पहरु रहेका छन, जोखिमका हिसावले ती पेट्रोल पम्प पेट्रोल बमको रुपमा रहेका छन्’, कार्कीले भने । यसको व्यवस्थापनको लागि स्थानिय निकायले पहल गर्नुपर्ने उनले बताए ।पेट्रोल पम्पमा हुनु पर्ने फायर फाइटिङका कुरामा खासै ध्यान नदिएको, म्याद गुज्रिएका फायरफाइटिङका बस्तुहरु राखेको, हरेक तीन महिनामा फायर फाइटिङ सामानहरुको चुस्त दुरुष्त पार्नुपर्नेमा यसमा समेत ख्याल नगरेको एसपी कार्कीले जनाए ।
पोखरा क्षेत्रमा संचालन हुने ट्याक्सिलाई अनिवार्य रुपमा मिटरमा संचालन गर्न आग्रह गर्दै एसपी कार्कीले अब मिटरमा संचालन नगर्ने पटकेको रुपमा परेका उपर त्यसको तथ्याङ्क राखेर कारवाही गर्ने चेतावनी दिएका छन् । यस अघि पटकेको रुपमा कारवाहीको कुनै लेखाजोखा नभएकोले अब यसलाई आफूहरु र यातायात व्याबस्था कार्यालयबाट तथ्याङक राख्ने भएको उनले जनाए ।
पोखरा क्षेत्रमा रहेका केही स्कुलहरुसंगै जोडिएका सटरमा मादक पदार्थ समेत विक्रि वितरण गर्न लागेकोले त्यसलाई पूर्ण रुपमा प्रतिवन्ध गरिएको एसपी कार्कीले जनाए । दशैंपर्व लक्षित हुने गरी बिशेष प्रहरीको टोली खटाएसंगै अन्य महिनाको तुलनामा चोरी डकैति, लागु औषध र अपराधिक गतिविधिमा कमी आएको उनको दाबी छ ।पोखरामा माग्नेहरुको अर्को समस्या देखिएको एस.पी. कार्कीले जनाए । भारत देखि, नेपालका विरगन्ज, जनकपुर,नेपालगन्जबाट समेत माग्नेहरु पोखरामा देखा परेको पोखरा आउने पर्यटकहरुसंग रकम माग्नेले थप समस्या भएको उनले जनाए । उनीहरुलाई व्यवस्थापन गर्न मानव सेवा आश्रम, विभिन्न क्षेत्रबाट आएकाहरुलाई बसमा उठाउन समेत सुरु गरिएको एसपी कार्कीले जनाए ।





