पोखरा,३ कात्तिक – आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र पारिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गलकोट नगरपालिका ५ बसाहफाँटमा महोत्सव हुदै छ । अहिले आर्थिक व्यवस्थापन र गलकोट बाहिर बसोबास गर्ने गलकोटेहरु संग भेटघाट अभियान गरिरहेको सस्थाका अध्यक्ष झङ्कबहादुर बस्नेतले जानकारी दिए । सोही अभियान अनुसार आइतवार पोखरामा भेटघाट तथा छलफल कार्यक्रम संपन्न भएको छ ।
आयोजक टोली र गलकोट समाज पोखराको विचमा महोत्सव र गलकोटमा पर्यटन विकासको वारेमा छलफल गरिएको छ । गलकोट समाज पोखराका पदाधिकारीहरुले महोत्सव सफल बनाउनकोलागि तनमनका साथ सहयोग गर्ने वचन दिए थिए । उनीहरूले पोखरामा बसोबास गरेपनि जन्मथलोको विकासकालागि सधै तैयार रहेको बताए । कार्यक्रममा गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सलाहकार यामबहादुर श्रीसले महोत्सवको अवधारणाको वारेमा जानकारी गराउदै कला सस्कृतिको उजागर गर्दै गलकोटको पर्यटन विकासकालागि महोत्सव आयोजन गरिएको जानकारी दिए । गलकोट नगरपालिका र ताराखोला गाँउपालिकालाइ समेटर महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।
महोत्सवलाइ सफल बनाउन पोखरामा हिरा बहादुर खत्री संयोजक रहेको समन्वय समिति समेत गठन भएको छ । समितिको सदस्यमा राधिका खत्री ,याम बहादुर श्रीस ,फरेन्द्र थापा ,क्या.पूर्णबहादुर खत्री ,राम बहादुर खडका र खडक बहादुर थापा रहेका छन ।
कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष मिनबहादुर खत्रीको अध्यक्षतामा संपन्न भएको थियो ।




