बागलुङ, ३ कात्तिक-आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चा बागलुङले आफ्ना तीन नेतालाई उम्मेदवारका लागि सिफारिश गरेको छ । बागलुङ निर्वाचन क्षेत्र नं. २ ख का तत्कालिन प्रदेशसभा सदस्य टेकवहादुर घर्तिको निधनपछि रिक्त रहेको गण्डकी प्रदेशसभा सदस्य पदका लागि त्यस क्षेत्रका तीन नेतालाई उम्मेदवारका लागि सिफारिश गरिएको जनमोर्चाले जनाएको छ ।
उम्मेदवारका लागि स्वर्गिय घर्तिका श्रीमती सुनमाया घर्ति र जिल्ला नेताहरु धर्म वहादुर कुवँर र खिमविक्रम शाहीको नाममा केन्द्रिय संसदीय वोर्डमा सिफारिश गरिएको हो । संसदीय वोर्डले यी तीनजनाबाट एकजनाको नाम अन्तिम टुंगो लगाउने सचिव भीमलाल पोखरेलले वताए । गत निर्वाचनमा सो क्षेत्रबाट बामएकता गरी राजमोका घर्ति विजयी भएका थिए ।
जनमोर्चाले बुर्तिबाङमा भएको पूर्णिमा मेलाका विषयमा समाचार लेखेबापत पत्रकार लोकेन्द्र निरासीमाथि भएको दुब्र्यवहारको भत्र्सना गरेको छ । पत्रकारलाई दुब्र्यवहार गर्नेलाई छानविन गरी कानुनी कारवाही गर्न समेत माग गरेको छ । जनमोर्चाको जिल्ला वैठकले उत्तरगंगा जलशाययुक्त जलविधुत परियोजनालाई बागलुङको भूगोलमा नै समपन्न गर्न जोड दिएको छ ।
मध्यपहाडी लोकमार्गको निर्माणको कामलाई गतिसाथ समपन्न गर्न जोड दिदै जनताको बाक्लो ओहोरदोहोर हुने क्षेत्रमा तुरुन्तै मर्मत सुधार गर्न माग गरेको छ । जनगायक जीवन शर्माका छोरा तथा अखिल नेपाल युवक संघका राष्ट्रिय परिषद सदस्य अमृत आचार्यको उपचारमा सहयोग पुराउने र आवश्यक सहयोग जुटाउने भएको छ । त्यसका लागि उपचार सहयोग कोष स्थापना गरेको छ । जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षतामा आईतवार वसेको वैठकले सो निर्णय गरेको नेता तीलक थापाले जानकारी दिए ।





