शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरा महानगरपालिकाका सवैवडामा खानेपानी वितरण सम्झौता

पोखरा महानगरपालिकाका सवैवडामा खानेपानी वितरण सम्झौता


  • Dhorpatan News
  • कार्तिक ४ २०७६, सोमबार
फाईल तस्विर

पोखरा, ४ कात्तिक – पोखरा महानगरपालिकाका सवै ३३ वटै वडामा खानेपानी वितरण गर्न खानेपानी संस्थानसँग ६ बुँदे सम्झौता भएको छ । महानगरपालिका र संस्थानबीच खानेपानीको दीर्घकालीन समस्या व्यवस्थापन गर्न आइतबार सम्झौता भएको हो । यसअघि संस्थानले पोखराका १८ वटा वडामामात्रै खानेपानी पुर्‍याउँदै आएको थियो । सम्झौता भएसँगै महानगरका सबै वडाबासीले संस्थानको पानी पाउने भएका हुन् ।
महानगरको सम्पूर्ण खानेपानी व्यवस्थापन गर्नका लागि गुरु योजना बनाउन संस्थान र महानगरको प्राविधिक टोली तत्काल खटिने छ । गुरुयोजना अनुसारका योजना कार्यान्वयनका लागि पानीको स्रोत तथा जग्गाको व्यवस्थापन महानगरले गर्ने, योजना एवं दैनिक कार्य सञ्चालनको आर्थिक व्यवस्थापन संस्थानले गर्ने, योजनाको निर्माण तथा विस्तार कार्यलाई दुवै पक्षले निरन्तरता दिने, एकीकृत खानेपानी व्यवस्थापनका लागि आवश्यक समन्वय एवं नियमित सहकार्य गर्ने विषयमा सम्झौता भएको हो ।
सम्झौताअनुसार संस्थानले ट्रिटमेन्ट प्लान्टसँगै पोखरा महानगरभित्र १ सय १० किलोमिटर पाइपलाइन विस्तारको कामलाई निरन्तरता दिने छ । पानी शुद्धीकरण आयोजनाको ८ प्रतिशत काम सकिएको छ । प्लान्टसँगै पाइपलाइनको काम अघि बढाइने छ । त्यसका लागि महानगरको सडक नाप्ने काम सुरु भएको संस्थान पोखरा शाखाका प्रमुख इन्जिनियर नीरण महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->